site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनएसजेएफ र लालपुर्जा नेपालबीच पल्सर स्पोर्ट्स अवार्डका लागि सहप्रायोजन सम्झौता 

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजना हुने २०औँ पल्सर स्पोर्टस अवार्डको सह–प्रायोजकको रूपमा रियल स्टेट व्यवसायमा क्रियाशील कम्पनी लालपुर्जा नेपाल रहने भएको छ ।

मञ्चले यही माघ २८ गते होटेल याक एण्ड यतीमा आयोजना गर्ने कार्यक्रमका लागि लालपुर्जा नेपाल रियल स्टेट पार्टनरका रूपमा रहने भएको हो । त्यसका लागि सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)का अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र लालपुर्जा नेपालका प्रबन्ध निर्देशक सञ्जय नेपालले हस्ताक्षर गरेका छन् । 

सम्झौतापछि अध्यक्ष सुवेदीले स्पोर्टस अवार्डको दायरालाई अझै फराकिलो पार्नका लागि रियल स्टेट व्यवसायमा सक्रिय संस्थालाई आबद्ध गरिएको बताए । लालपुर्जाका प्रबन्ध निर्देशक नेपालले देशको सान र मानसँग जोडिएको खेलकुद क्षेत्रको प्रतिष्ठित पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रममा सहकार्य गर्न पाउनु आफ्नो खुसीको विषय भएको बताए । 

Dabur Nepal
NIC Asia

नौ विधामा प्रदान गरिने पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन् । 

पल्सर स्पोर्ट्स अवार्ड २०७९ को अन्य विधामा वर्षका उत्कृष्ट पुरुष, महिला र युवा तथा प्रशिक्षक विधाको मनोनयन पनि छिटै सार्वजनिक गरिने मञ्चले जनाएको छ । 

त्यस्तै, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट विधाको घोषणा भने माघ २८ गते कार्यक्रमकै दिन घोषणा हुनेछ । यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसका विजेताले जनही बजाज पल्सर मोटरसाइकल पाउनेछन् । तीमध्ये दुई वटा एन २५० र तीन वटा एन १६० मोटरसाइकल रहेको छ ।

अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । स्पोर्ट्स अवार्डका अन्य सह–प्रायोजक तथा सहयोगीमा ई–सेवा, सूर्य नेपाल प्रालि, होटेल याक एन्ड यती, सुबिसु, रोयल सिंगी होटल, प्लाजा ग्रुप अफ होटेल, आईएसएस, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी छन् ।

khelkud-patrakar-manch2-1706005305.jpg

khelkud-patrakar-manch1-1706005305.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro