विदेश

काठमाडौं । भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न भएको छ । सोमबार एक भव्य कार्यक्रम गरी प्राणप्रतिष्ठा गरिएको हो ।
प्राणप्रतिष्ठामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भई पूजाअर्चना गरे । स्थानीय समयानुसार सोमबार मध्याह्न १२ः२९ बजेदेखि प्राणप्रतिष्ठा सुरु गरिएको थियो ।
प्राणप्रतिष्ठामा मोदीबाहेक उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, संघ प्रमुख मोहन भागवतलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।
राम मन्दिरको मुख्य पूजा गर्भगृहमा गरिएको थियो । प्राणप्रतिष्ठा हुँदा भारतीय वायुसेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो । बीबीसीबाट ।
प्रकाशित मिति: सोमबार, माघ ८, २०८० १३:५२
प्रतिक्रिया दिनुहोस्