site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
घटेन आत्महत्याको दर, प्रमुख कारण मानसिक स्वास्थ्य समस्या
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा पछिल्लो चार वर्षयता आत्महत्याका घटनाको ग्राफ बढ्दो क्रममा छ । सन् २०२० यता दैनिक सरदर २० जनाले आत्महत्या गरिरहेको प्रहरीको तथ्यांक छ । आत्महत्याका कारणमध्ये ८० प्रतिशत मानसिक स्वास्थ्यसँग जोडिएको ‘नेसनल मेन्टल हेल्थ सर्भे, २०२०’ ले देखाएको छ ।

सन् २०२० यता १४ प्रतिशतले बढ्यो आत्महत्या

नेपाल प्रहरीको तथ्यांक अनुसार सन् २०१५ देखि २०२० सम्म आत्महत्याको वृद्धिदर प्रतिवर्ष ७.४ प्रतिशत रहेकोमा कोभिड–१९ महामारीयता निरन्तर उकालो लागेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०२० यता नेपालमा आत्महत्याको दर १४ प्रतिशतले बढेको छ । सन् २०१५ सम्म वार्षिक ६ हजारभन्दा कम रहेको आत्महत्याको संख्या २०२० देखि ६ हजार २०० भन्दा माथि छ ।

प्रहरीको तथ्यांक अनुसार सन् २०२० मा ६ हजार २४१ जना, २०२१ मा ७ हजार १४१ र २०२२ मा ६ हजार ७९२ जनाले आत्महत्या गरेका थिए । सन् २०२३ मा यो संख्या बढेर ६ हजार ९९३ पुगेको छ ।

Global Ime bank

दशमध्ये ८ जना उपचारबाट वञ्चित

सन् २०२० को मानसिक स्वास्थ्यसम्बन्धी सर्वेक्षणले नेपालको जनसंख्यामध्ये १० प्रतिशतमा कुनै न प्रकारको मानसिक समस्या देखिने गरेको छ । दशमध्ये तीन प्रतिशत वयस्क व्यक्तिमा दीर्घकालीन रूपमा मानसिक समस्या देखिएको छ । उनीहरूमध्ये ७.२ प्रतिशतलाई आत्महत्याको सोच पटकपटक आउने गरेको सर्वेक्षणमा पाइएको थियो ।

तर, मानसिक समस्या भएकामध्ये ८० प्रतिशतले आवश्यक परामर्श तथा उपचारबाट वञ्चित रहेको स्वास्थ्यसचिव डा. रोशन पोख्रेल बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २०० मनोचिकित्सक कार्यरत छन् । प्रत्येक वर्ष ३० जना थपिने गरेको मन्त्रालयको तथ्यांक छ ।

मानसिक स्वास्थ्यमा सरकारको प्राथमिकता कति ?

विश्व स्वास्थ्य संगठनले ‘मेन्टल हेल्थ एक्सन प्लान २०१३–२०३०’ बनाएर आफ्ना सदस्य राष्ट्रहरूमा सन् २०३० सम्म आत्महत्याको दर एक तिहाइमा झार्ने लक्ष्य राखेको छ । तर, नेपालमा बढ्दो आत्महत्याको दरले यो लक्ष्य भेट्न चुनौती थपिएको छ । 

सरकारले ‘राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७’ लाई आधार बनाएर मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको छ । त्यस्तै, ‘राष्ट्रिय मानसिक स्वास्थ्य कार्यक्रम, २०७९’ अन्तर्गत विभिन्न कार्यक्रमहरू लिएर स्थानीय तहसम्म पुग्ने सरकारको लक्ष्य छ । यो कार्यक्रम अहिले वाग्मती प्रदेशका १३ र अन्य ९ जिल्लामा लागु छ । आत्महत्या रोकथामका लागि ११६६ हेल्पलाइन नम्बर पनि सञ्चालनमा छ । यस्तै, सरकारले निःशुल्क प्रदान गर्ने ९८ प्रकारका औषधिमध्ये ११ वटा मानसिक स्वास्थ्यको उपचारमा प्रयोग हुने औषधि छन् । 

तर, मानसिक स्वास्थ्यप्रतिको गलत आम बुझाइ र उपचारमा जनशक्ति तथा सेवा विस्तार पर्याप्त नहुनु नै प्रमुख चुनौती रहेको स्वास्थ्यसचिव डा. पोख्रेल बताउँछन् ।

मानसिक अस्पताल पाटनका वरिष्ठ वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिस्ट डा. वासुदेव कार्की मानसिक स्वास्थ्यप्रति कोभिडकालपछि सरकारको ध्यानार्षण भए पनि अझै पर्याप्त पहल नपुगेको धारणा राख्छन् । नागरिकस्तरमा मात्रै कर्मचारी संयन्त्र र स्थानीय सरकारको तहसम्म मानसिक स्वास्थयप्रतिको बुझाइ बदल्नु आवश्यक रहेको उनको बुझाइ छ ।

“कतिपय स्थानीय तहमा मानसिक स्वास्थ्यका लागि छुट्याइएको बजेटलाई समेत नजरअन्दाज गरेको र अन्य कार्यक्रमजस्तो प्राथमिकतामा नराखिएको पाइन्छ,” डा. कार्की आफ्नो अनुभव सुनाउँछन् ।

'कायरता होइन खराब मानसिक अवस्था हो, आत्महत्या'

आत्महत्यालाई नेपाली समाजमा कायरता वा आपराधसँग जोडेर हेर्ने गरिए पनि डब्लुएचओले यसलाई मानसिक, न्युरोलजिकल र गम्भीर जनस्वास्थ्य समस्याको रूपमा व्याख्या गरेको छ ।

आत्महत्या डिप्रेसनको एउटा अवस्था भएको मानसिक अस्पताल पाटनका निर्देशक डा. अनन्त अधिकारी बताउँछन् । उनका अनुसार डिप्रेसनका तीनवटा अवस्था माइल्ड, मोडरेट र सिभियरमध्ये व्यक्ति मोडरेटबाट सिभियरतर्फ पुग्दै गरेको अथवा सिभियरबाट मोडरेटतर्फ निको हुँदै गएको अवस्थामा धेरै आत्महत्या गर्ने गरेको पाइएको छ । 

“त्यो चरणमा व्यक्तिले सम्पूर्ण कुराहरूलाई 'ब्ल्याक एन्ड ह्वाइट' रूपमा देख्छ र आफूलाई सहायताविहीन, आशाविहीन र मूल्यहीन ठान्न पुग्छ र आत्महत्या गर्नपुग्छ,” डा. अधिकारी भन्छन् । 

मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूले पटकपटक आत्महत्याबारे सोचेर योजना बनाएर आत्महत्या गर्छन् । यस्ता व्यक्तिले परिवार आफन्त वा साथीहरूबीच कुनै न कुनै लक्षण देखाएका हुन्छन् ।

कसैले आफू 'मानसिक रूपमा विक्षिप्त छु, डिप्रेसनमा छु' भनेर आफन्त वा कसैलाई सेयर गरेको खण्डमा उसलाई परामर्श वा ढाडस नभई हतोत्साहित गर्ने परिपाटीले व्यक्तिलाई आत्महत्याको चरणमा पुर्‍याइरहेको उनको अनुभव छ ।

डा. अधिकारी भन्छन्, “कसैले मानसिक समस्याबारे सेयर गरे हामी यस्तो कातर, लाछी वा यस्तै शब्द प्रयोग गरेर उसका समस्यालाई पन्छाउने कोसिस गर्छौं । वास्तवमा आत्महत्या कुनै कायरता या बहादुरी नभई मनोविज्ञानको एउटा अवस्था हो ।” 

तर, पीडितका समस्या के हुन् र उनीहरूलाई सकारात्मक सल्लाह दिने वा परामर्शमा लैजानेतिर जोड दिने हो भने यस्ता घटना स्वत: कम हुने उनको विश्वास छ । 

परिवार, कार्यालय र समाजमा मानसिक स्वास्थ्य समस्याबारे खुलेर कुराकानी र छलफल गर्ने वातावरण बनाउनु आवश्यक रहेको डा. अधिकारी बताउँछन् ।

मानसिक स्वास्थ्य समस्यालाई घृणा वा लाञ्छनाको रूपमा हेरिएकै कारण कतिपय बिरामी जटिल अवस्थामा मात्रै अस्पताल आइपुग्ने र कतिपयले यसबीचमा आत्महत्याको पटकपटक प्रयास गर्ने गरेको उनको अनुभव छ ।

Helpline-Sucide-1705855409.jpg
 

११६६ को सदुपयोग किन नगर्ने ?

११६६ आत्महत्याका रोकथामका लागि सरकारले सञ्चालन गरेको निःशुल्क हेल्पलाइन हो । सन् २०२१ देखि सक्रियरूपमा सञ्चालन भएको सो हेल्पलाइनमा हालसम्म एक हजार ८०० हजार कल मानसिक समस्या र आत्महत्याको सोचलाई लिएर सहायताका लागि आएको तथ्यांक छ । 

कलमार्फत दुई वर्षको अवधिमा २६ जनालाई आत्महत्या गर्न (सुसाइड अटेम्प्ट) बाट जोगाइएको डा. कार्की बताउँछन् । 

११६६ मा मनोचिकित्सक तथा मनोपरामर्शदाताहरूबाट नै मानसिक समस्या भएका व्यक्तिहरूलाई परामर्श दिइन्छ । यसरी कुरा गर्ने व्यक्तिको कल डिटेलदेखि व्यक्तिगत विवरणहरू सबै गोप्य राखिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ०६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय