site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादीको आम्दानी करिब आठ करोड

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ । लेखापरीक्षणानुसार गत आवमा पार्टीको आम्दानी आठ करोड चार लाख ५६ हजार ७०९ रुपैयाँ भएको छ ।

पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम मुख्य आम्दानीको स्रोतका रूपमा रहेको एकीकृत समाजवादीले जनाएको छ ।

सोही अवधिमा पार्टीको दैनिक गतिविधि सञ्चालन गर्ने क्रममा सात करोड ८२ लाख ६८ हजार ८११ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

पार्टी केन्द्रीय कार्यालयका लेखा प्रमुख खेमराज पौडेलका अनुसार २१ लाख ८७ हजार ८९८ रकम बचत भएको छ । चालु र अघिल्लो वर्षको बचतसहित पार्टीमा हाल एक करोड ३२ लाख ४८ हजार ७५६ रुपैयाँ मौज्दात रहेको प्रतिवेदनमा जनाइएको छ । 

पार्टीको चालु आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा गत आमनिर्वाचनको खर्च समेत समेटिएको लेखा प्रमुख पौडेलले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro