अर्थ व्यवसाय
काठमाडौं । लक्ष्मी सनराईज बैंकले ‘ई–कमर्स अक्वायरिङ गेटवे’ सेवा सञ्चालनमा ल्याएको छ ।
नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) अन्तर्गत ई–कमर्स अक्वायरिङ गर्ने आफू पहिलो भएको लक्ष्मी सनराईज बैंकले जनाएको छ ।
यो सेवा नेप्स र भिसाको सहायक संस्था साइबरसोर्ससँगको सहकार्यमा विकास गरेको कम्पनीले जनाएको छ ।
यो सेवाको सञ्चालनमा आएसँगै लक्ष्मी सनराईज बैंकका व्यावसायिक ग्राहकले ई–कमर्स प्लेटफर्ममार्फत अनलाइन भुक्तानी प्राप्त गर्न सक्ने भएका छन् ।
उद्यमीहरूका लागि ग्राहकमार्फत भुक्तानी लिन सजिलो हुने र यो प्लेटपर्मले देशको ई–कमर्स कारोबार बढाउने विश्वास नेप्स तथा बैंकको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८० १७:३९
प्रतिक्रिया दिनुहोस्