site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पेस्तोल र गोलीसहित दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेबाट पेस्तोल र गोलीसहित दुईजना पक्राउ परेका छन् ।

मकवानपुर प्रहरीका अनुसार पेस्तोल एक थान, गोली एक थान र सेतो रंगको पाउडर जस्तो धुलो पदार्थ करिब दुई किलो ७०० ग्रामसहित शुक्रबार बिहान पक्राउ गरिएको हो । 

पक्राउ पर्नेहरूमा बाजुराको हिमाली नगरपालिका–१ बस्ने ३१ वर्षीय देवबहादुर थापा र नवलपरासी पूर्वी सुस्ताको कावासोती नगरपलिका–५ बस्ने ५७ वर्षीय वीरबहादुर थापा मगर छन् ।  

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले चितवनबाट काकडभिट्टातर्फ जाँदै गरेको मे.१ ख २५३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको जनाइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro