site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दार्चुलामा बस दुर्घटना हुँदा १५ जना घाइते

खलंगा । दार्चुला जिल्ला सदरमुकाम खलंगाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.०२ ००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका–५ स्थित डम्पिङ साइडनजिकै आज बिहान दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये एकजना गम्भीर, दुई मध्यम र अरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

जिल्ला अस्पताल दार्चुलामा घाइतेको उपचार भइरहेको छ । बस सडकबाट करिब २० मिटर तल खसेको जनाइएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ११:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro