site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आयोजक आइभोरी कोस्टविरुद्ध नाइजेरियाको कठिन जित

काठमाडौं । अफ्रिका कप अफ नेसन्समा आइभोरी कोस्टविरुद्ध नाइजेरियाले १–० को कठिन जित निकालेको छ ।

बिहीबार ओलम्पिक स्टेडियम अफ एबिम्पेमा घरेलु टिमविरुद्ध जित दिलाउन नाइजेरियाका ट्रुस्ट इकोंगले निर्णायक गोल गरे । इकोंगले ५५औँ मिनेटमा प्राप्त पेनाल्टी सदुपयोग गर्दै गोल गरेका थिए ।

जितसँगै चार अंक जोडेको नाइजेरिया समूह ‘ए’को दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट तीन अंकको आइभोरी कोस्ट तालिकाको तेस्रो स्थानमा छ ।

बिहीबार नै भएको समूह ‘बी’को खेलमा साविक उपविजेता इजिप्ट र घानाले २–२ को बराबरी खेल्दै अंक बाँडे ।

इजिप्टका ओमार मर्मोस र मोस्तफा मोहमेदले गोल गरेका थिए । घानाका मोहमेद कुदुसले दुई गोल गरे । लगातार दुई बराबरी खेलेको इजिप्ट दुई अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट एक अंकको घाना पुछारमा छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro