site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मधेससँग एपीएफ स्तब्ध, गण्डकीविरुद्ध सुदूरपश्चिमको फराकिलो जित 

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट टिमका विभागीय टिम एपीएफ क्लब मधेस प्रदेशविरुद्ध पाँच विकेटले स्तब्ध बनेको छ । 

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा तीन ब्याटरले अर्धशतक बनाएपछि एपीएफले प्रस्तुत गरेको २४७ रनको लक्ष्य मधेसले ४८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । मधेसको जितमा रुपेश सिंहले अविजित ७२ रन बनाए । उनले ७२ बलमा चार चौका र तीन छक्का प्रहार गरे । पवन सर्राफले चार चौका र पाँच छक्कासहित ६६ बलमा ६४ रन बनाए । 

यस्तै, निरज यादवले ७० बलमा तीन चौका र दुई छक्कासहित ५२ रन बनाए । यसबाहेक, अनिल साहले २९ र अभिषेक तिवारीले १३ रन बनाए । एपीएफका रमेश कुर्मी र कप्तान रोहितकुमार पौडेलले समान दुई विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको एपीएफले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २४६ रनको योगफल खडा गरेको थियो । 

एपीएफका आसिफ सेखले ५९ रन बनाएका थिए । कप्तान रोहित पौडेल ५८ रन थपे । अमरसिंह रौटेलाले ४९ र सन्दीप जोराले २० रन जोडे । 

मधेसका रुपेश सिंह र प्रदीप पासवानले समान तीन विकेट लिए । रञ्जित कुमारले दुई र अर्निको यादवले एक विकेट लिए । जितसँगै चार खेलबाट दुई अंक जोडेको मधेश तालिकाको सातौँ स्थानमा उक्लिएको छ । तीन खेलबाट चार अंक जोडेको एपीएफ तालिकाको चौथो स्थानमा छ । 

बिहीबार नै सिद्धार्थनगरमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशविरुद्ध १०८ रनको सहज जित निकालेको छ । सिद्धार्थ क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीले ३०.२ ओभरमा सबै विकेट गुमाएर ९३ रनमात्र बनाउन सक्यो । प्रतियोगितामा लगातार तेस्रो जित निकालेको सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेल खेल्दा पनि जितविहीन गण्डकी तालिकाको नवौँ स्थानमा छ ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro