site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सार्वजनिक खरिद ऐन संशोधनको तयारीमा : मन्त्री ज्वाला
फाइल तस्बिर ।

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन संशोधनको तयारी भइरहेको बताएका छन् । 

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा मन्त्री ज्वालाले पुरानो ऐनका कारण समस्या देखिएको भन्दै संशोधनको ड्राफ्ट तयार भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगिसकेको जानकारी दिए । 

Dabur Nepal
NIC Asia

उनले विकाससँग जोडिएको ऐन कानुनलाई समयसापेक्ष बनाउनुपर्ने भएकाले मन्त्रालय अन्तर्गतको ऐन कानुन परिमार्जनका विषयमा पनि छलफल भइरहेको बताए । 

त्यस्तै, मन्त्री ज्वालाले दक्ष कामदारको अभाव, आयोजना प्रमुख छिटो छिटो परिवर्तन लगायतका कारणले राष्ट्रिय गौरवका आयोजनालाई अघि बढाउन समस्या भइरहेको जिकिर गरे । मन्त्रिपरिषद्बाट निर्णय भएका थप तीन भरतपुर, विराटनगर र मूलपानी अन्तराष्ट्रिय रंगशाला समेत गरी अहिले राष्ट्रिय गौरवको आयोजना २४ बाट २७ पुगेको जानकारी दिए । 

बैठकमा समिति सदस्यहरूले मुलुकको सडकको अवस्था र सडक दुर्घटनाका बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए । मन्त्री ज्वालाले सडक दुर्घटनालाई न्यूनीकरण गर्न सरकार गम्भीर रहेको बताए । अनुगमन प्रणालीलाई व्यवस्थित गर्न सके सडक दुर्घटना न्यूनीकरण हुने उनको भनाइ थियो । 

सार्वजनिक सडक ऐन र सडक सुरक्षा ऐन फरक हुनुपर्ने मागलाई सम्बोधन गर्न दुई वटा विधेयकको मस्यौदा तयारी गरी अर्थमा पठाएपनि दुई ऐनलाई एउटै बनाउन अर्थबाट सुझाव आएको धारणा राखे । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १४:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro