अर्थ व्यवसाय
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् वितरण लाइनलाई अपडेट गर्नुपर्ने बताएका छन् । इप्पान डे–२०८० का अवसरमा बिहीबार काठमाडौं आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
“वितरणका पूर्वाधार पुराना भएका छन्, अपडेट गर्न आवश्यक छ,” उनले भने, “लगानीमैत्री वातावरण बनाउँदै अगाडि बढ्नेछौँ । निजी क्षेत्रलाई निराश बनाउँदैनौँ ।”
सुरक्षाका विषयमा पनि सरकार गम्भीर रहेको उनले बताए । विद्युत् निर्यात गर्न उत्पादन बढाउनुपर्ने भन्दै मन्त्री बस्नेतले नीति–नियमले समस्या पारेको भए त्यसलाई संशोधन गरेर अगाडि बढ्न सकिने उल्लेख गरे ।
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८० १०:५५
प्रतिक्रिया दिनुहोस्