site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
तान्जानियाविरुद्ध मोरक्कोको सहज जित
तस्बिर : एएफपी ।

काठमाडौं । तान्जानियाविरुद्ध ३–० को सहज जित निकाल्दै उपाधि दाबेदार मोरक्कोले अफ्रिका कप अफ नेसन्समा विजयी सुरुआत गरेको छ । बुधबार आइभोरी कोस्टको स्टेड डी सान पेड्रोमा मोरक्कोलाई जित दिलाउन रोमेन साइस, अज्जेदिन ओनाही र युसुफ एन नेसिरीले गोल गरे ।

खेलको ३०औँ मिनेटमा साइसको गोलमार्फत मोरक्कोले अग्रता बनाएको थियो । मोरक्कोले दोस्रो हाफमा दुई गोल थप्यो ।

७०औँ मिनेटमा नोभाटस मिरोशीले दोहोरो पहेँलो कार्ड व्यहोर्दै मैदान छाडेपछि तान्जानिया १० खेलाडीमा समेटिएको थियो ।

७७औँ मिनेटमा ओनानीले टोलीको अग्रता दोब्बर बनाए । त्यसको तीन मिनेटपछि नै नेसिरीले गोल गर्दा मोरक्कोले ३–० को सहज जित निकाल्यो ।

जितसँगै तीन अंक जोडेको मोरक्को समूह ‘एफ’को शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा पराजित तान्जेनिया तालिकाको पुछारमा छ । 

यही समूहको अर्को खेलमा डेमोक्रेटिक रिपब्लिक अफ कंगो र जाम्बिया १–१ को बराबरीमा रोकिए ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro