विदेश
काठमाडौं । इजरायल सरकारले रक्षा खर्च थप गर्दै संशोधित बजेट स्वीकृत गरेको छ । इजरायल सरकारले एक संशोधित बजेट पारित गरेको हो ।
जसमा युद्धबाट प्रभावित भएकालाई रक्षा र क्षतिपूर्तिसहितको अतिरिक्त खर्चको लगभग १५ बिलियन अमेरिकी डलर थपिएको छ । उच्च सैन्य खर्चका कारण सबै मन्त्रालयको बजेट कटौती गरिएको छ ।
१५५ बिलियन अमेरिकी डलरको कुल अद्यावधिक गरिएको बजेटमा सैन्य रिजर्भ, स्थानीय सुरक्षालगायतमा बढी जोड दिइएको छ । यसैबीच युद्ध सुरु भएपछि गाजामा मृत्यु हुने प्यालेस्टानीको संख्या २४ हजार एक सय नाघेको छ ।
इजरायलको आक्रमणले उत्तरी गाजापट्टीको ७० प्रतिशतभन्दा बढी भाग बस्न अयोग्य रहेको समाचार समिति सिन्ह्वाले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ ३, २०८० १०:२४
प्रतिक्रिया दिनुहोस्