site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराटनगरमा तीन दिन शैक्षिक संस्था बिदा 

विराटनगर । शीतलहर र अत्यधिक चिसोका कारण विराटनगरमा शैक्षिक संस्थामा बिदा दिइएको छ ।  

विराटनगर महानगरपालिकाले मंगलबार एक सूचना प्रकाशित गरी बुधबारदेखि शुक्रबारसम्म तीनदिन महानगरभित्रका सबै शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको जनाएको छ ।

अत्यधिक चिसोले विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ भएको र विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने देखिएकोले बिदा दिइएको बताइएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण विराटनगरमा जाडो बढेको छ ।

“केही दिनदेखि बढेको चिसो तथा शीतलहरका कारण विद्यालयको पठनपाठनलगायत गतिविधि गर्न कठिनाइ भएको तथा स्वास्थ्य जोखिमलाई समेत मध्यनजर राख्दै यस महानगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण विद्यालयको पठनपाठन मिति २०८०/१०/०३ गतेदेखि २०८०/१०/०५ गतेसम्म बन्द गर्न निर्णयअनुसार जानकारी गराइन्छ,” महानगरपालिकाले प्रकाशन गरेको सूचनामा जनाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro