site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साविक विजेता सेनेगलको सुखद सुरुआत 

काठमाडौं । दश खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको गाम्बियाविरुद्ध ३–० को सहज जित निकाल्दै साविक विजेता सेनेगलले अफ्रिका कप अफ नेसन्समा विजयी सुरुआत गरेको छ ।

सोमबार आइभेरी कोस्टस्थित चार्ल्स कोनान बानी रंगशालामा सम्पन्न खेलमा साविक विजेतालाई जित दिलाउन लामिन कामाराले दुई र पेप गुइएले एक गोल गरे ।

चौथो मिनेटमा गुइएले गोल गर्दै सेनेगललाई उपाधि दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको सेनेगलले दोस्रो हाफमा दुई गोल थप्यो । 

५२औँ मिनेटमा कामाराले गोल गर्दै साविक विजेताको अग्रता दोब्बर पारे । यस्तै, खेलको निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा कामाराले नै गोल गरेपछि सेनेगलले ३–० को जित सुनिश्चित गर्‍यो । 

जितसँगै तीन अंक जोडेको सेनेगल समूह ‘सी’को शीर्ष स्थानमा छ । हारबाट प्रतियोगिताको सुरुआत गरेको गाम्बिया तालिकाको पुछारमा छ । यो समूहमा सेनेगल र गाम्बियासँगै क्यामरुन र गिनी छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १, २०८०  २२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro