site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केप भर्डसँग घाना स्तब्ध

काठमाडौं । तीन पटकको च्याम्पियन घाना अफ्रिका कप अफ नेसन्समा केप भर्डसँग २–१ ले स्तब्ध बनेको छ ।

आइतबार राति आइभेरी कोस्टस्थित फेलिक्स बोइग्नीमा सम्पन्न खेलमा केप भर्डलाई सनसनीपूर्ण जित दिलाउन जामिरो मोन्टेइरो र ग्यारी रोड्रिगेजले गोल गरे । घानाका एलेजान्डर जिकुले एक गोल फर्काएका थिए ।

खेलको १७औँ मिनेटमा मोन्टेइरोले गोल गर्दै केप भर्डलाई अग्रतामा राखेका थिए । ५६औँ मिनेटमा एलेजान्डर जिकुले गोल फर्काएपछि घाना बराबरी आएको थियो । तर, इन्जुरी समयमा रोड्रिगेजले गोल गर्दै पुनः केप भर्डलाई अग्रतामा राखेका थिए । रोड्रिगेजको त्यही गोल निर्णायक बन्दा केप भर्डले सनसनीपूर्ण जित दर्ता गरेको हो ।

जितसँगै तीन अंक जोडेको केप भर्ड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । हारबाट प्रतियोगिताको सुरुआत गरेको घाना तालिकाको पुछारमा छ । 

यो समूहमा आइतबार राति नै भएको अर्को खेलमा इजिप्ट र मोजाम्बिकले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । इजिप्ट तालिकाको दोस्रो र मोजाम्बिक तेस्रो स्थानमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro