site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संविधान कार्यान्वयन नहुँदा निराशाका कुरा आए, जनता पछाडि फर्कन चाहँदैनन् : राष्ट्रपति
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन् । 

सोमबार शीतल निवासमा संसदीय दलका नेताहरूलाई माघे संक्रान्तिको शुभकामना दिँदै उनले संविधान व्यवहारमा ल्याउनुपर्ने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“संविधान कार्यान्वयनमा ल्याउन आवश्यकता छ । व्यवहारमा ल्याउनुपर्‍यो,” उनले भने, “पीडित, उपेच्छित वर्गलाई अधिकार दिइएको छ । त्यो सार्थक हुनुपर्‍यो ।” 

उनले व्यवहारमा उतार्नका लागि कानुन बनाउनुपर्ने बताए । “संविधानले जुन परिकल्पना गर्‍यो । त्यसलाई कानुनद्वार व्यवस्थित गर्नुपर्ने आवश्यकता छ । ती कानुन निर्माण छिटोभन्दा छिटो हुन जरुरी छ,” पौडेलले भने । 

Global Ime bank

उनले जनताले जे पाइयला भन्ने आशा गरेका छन् त्यसलाई निराशामा परिणत नगर्न आग्रह गरे । 

“निराशाका कुरा आएका छन् । यो (संविधान) कार्यान्वयनको कमीले हो । अब पछाडि फर्कन कोही जनता चाहँदैनन्,” राष्ट्रपति पौडेलले भने । 

जनताका चाहना अघि बढ्ने नै रहेको उनको भनाइ छ । समावेशी लोकतन्त्र साकार पारेर छाडिने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement