site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
६४ प्रतिशत नगद लाभांश पारित गर्दै नेप्सेको साधारणसभा सम्पन्न 

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ४२औँ वार्षिक साधारणसभाबाट ६४ प्रतिशत नगद लाभांश पारित गरिएको छ । आइतबार सम्पन्न सभाले आर्थिक वर्ष २०७९÷८० सम्मको सञ्चित नाफाबाट चुक्ता पुँजीको ६४ प्रतिशत लाभांश दिने पस्ताव पारित गरेको हो ।

नेप्सेले नगद लाभांशबापत सेयरधनीलाई ६४ करोड रुपैयाँ वितरण गर्न लागेको हो । नेप्सेका सेयरधनी अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष, लक्ष्मी बैंक र प्रभु बैंक लिमिटेड हुन् ।

Dabur Nepal
NIC Asia

नेप्सेको ३१औँ वार्षिकोत्सव पनि आजै मनाइएको छ । वार्षिकोत्सवका अवसरमा नेप्सेका वरिष्ठ अधिकृत जगदीश रिजाल दीर्घ सेवा पदक तथा कदरपत्रद्वारा सम्मानित भएका छन् ।

यस्तै, ‘सुदृढ पुँजीबजारका लागि लगानीकर्ता साक्षरता’ शीर्षकमा आयोजित निबन्ध प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई पुरस्कार वितरण गरिएको छ । प्रथम हुने त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका सम्भव लाखेलाई ७५ हजार, द्वितीय हुने सरस्वती बहुमुखी क्याम्पसका गोविन्दकुमार सिंहलाई ५० हजार र तृतीय हुने त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका प्रविना सञ्जेललाई २५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको नेप्सेले जानकारी गराएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro