site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायलका प्रधानमन्त्रीले भने– हमासको पतनलाई कसैले रोक्न सक्दैन

काठमाडौं । इजरायल–गाजा युद्धको एकसय दिन पूरा भएको छ । युद्धबारे बोल्दै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई पतन गर्नबाट कसैले रोक्न नसक्ने टिप्पणी गरेका छन् ।

उनले इजरायलले नरसंहार गरिरहेको भन्ने संयुक्त राष्ट्र संघको सर्वोच्च अदालतको भनाइलाई समेत नहेर्ने संकेत गरेका छन् ।

Dabur Nepal
NIC Asia

शनिबार एक प्रेस ब्रिफिङका क्रममा उनले भनेका छन्, “हामीलाई कसैले रोक्न सक्दैन । हेगले पनि सक्दैन ।”

दक्षिण अफ्रिकाले अघि सारेको नरसंहारको विषय यहुदीहरूविरुद्ध अर्को नरसंहार गर्न आएकाहरूको निर्देशनमा भएको उनको टिप्पणी छ ।

नेतान्याहुले हमाससँगको युद्ध समाप्त हुनुअघि इजिप्ट र गाजाबीचको सिमाना बन्द गर्नुपर्ने बताएका छन् ।

यसको प्रतिक्रियामा इजिप्टले आफ्नो सिमाना पूर्णरूपमा आफ्नै नियन्त्रणमा रहेको बताएको छ ।

अक्टोबर ७ मा युद्ध सुरु भएयता गाजामा करिब २४ हजार मानिस मारिएका छन् ।

राष्ट्रसंघले गाजामा भोकमरी बढेको र चिसोका कारण स्थिति झनै जटिल हुँदै गइरहेको बताएको छ । सीएनएनबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro