site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मनाइयो भक्का दिवस

काठमाडौं । झापामा छैटौँ ‘राष्ट्रिय भक्का दिवस’ मनाइएको छ । आदिवासी कोच राजवंशी समुदायले पुस २९ गतेलाई भक्का दिवसका रूपमा मनाउँदै आएका छन् । 

चामलको पिठो (खासगरी कनिका)बाट बनाइने भक्का राजवंशी समुदायले चिसो मौसममा खाने प्रमुख परिकार हो । कोच राजवंशी समुदायको मौलिक परिकारका रूपमा रहेको भक्काको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले हरेक वर्ष पुस २९ गते भक्का दिवस मनाउने गरिएको राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशीले बताए ।

राष्ट्रिय भक्का दिवस कार्यक्रममा राजवंशी समुदायले प्रयोग गर्ने वेशभूषा, गरगहना, परम्परागत सांस्कृतिक सामग्रीको प्रदर्शन र सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

भक्का दिवसका अवसरमा भद्रपुर नगरपालिका, कचनकवल र हल्दीबारी गाउँपालिकाले स्थानीयस्तरमा सार्वजनिक बिदा समेत दिएका छन् । पूर्वी तराई र विशेष गरी झापा, मोरङ, सुनसरीमा प्रचलित भए पनि अहिले काठमाडौंलगायत देशका विभिन्न स्थानमा पनि यसको लोकप्रियता बढ्दै गएको छ । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro