site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन निर्देशन दिएका छन् ।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै मन्त्री भुसालले दुध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा नदेखिएकाले दुग्ध विकास संस्था (डीडीसी)का महाप्रबन्धक सञ्जीव झालाई जिम्मेवारीबाट हटाएको बताए ।

Argakhachi Cement Island Ad

उनले संस्थानको ऋण बढाउने तर किसानको भुक्तानी समेत नदिएकाले जिम्मेवारबाट हटाएको बताए । चैतभित्रमा किसानहरूको दुधको भुक्तानी दिन निर्देशन गरेको भन्दै अहिले डीडीसीको मात्रै नभएर प्राइभेट क्षेत्रबाट पनि किसानहरूले भुक्तानी नपाएको समस्या रहेको बताए ।

मन्त्री भुसालले धान उत्पादनको धेरै महत्व रहेकाले तराईमा सिँचाइ सुविधा पु¥याउन आवश्यक रहेको बताए । तराईमा पानीको मुहान सुक्दै गएकाले चुरेको फेदबाट पूर्वपश्चिम नहर बनाउन आवश्यक रहेको बताए ।

कृषि गणनाअनुसार ३० लाख ९१ हजार हेक्टर मध्येको १४ लाख ७७ हजार हेक्टर क्षेत्रमा धान खेती भएको र ६८ प्रतिशत हिस्सा तराईमा भए पनि १७ प्रतिशत मात्रै बालीमा सिँचाइ हुने गरेको बताए ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्