site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १०० रुपैयाँ र चाँदी तोलामा पाँच रुपैयाँ घटेर कारोबार भएको हो ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।

चाँदी आज एक हजार ४१० रुपैयाँमा करोबार भएको महासंघले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्