site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से २०.६२ अंकले बढ्यो, ६ अर्बको कारोबार

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक २०.६२ अंकले बढेको छ । मंगलबार एक प्रतिशतले बढेर नेप्से २०८०.१२ को विन्दुमा पुगेको छ ।

यस दिन एक करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८६६.६७ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

आज १६५ कम्पनीको सेयर मूल्य बढेको छ । ७७ कम्पनीको सेयर मूल्य घट्दा पाँचको स्थिर छ ।

१३ मध्ये १० उपसमूहको समूहगत सूचक बढेको छ । विकास बैंक उपसमूहको समूहगत सूचक ५.२१ प्रतिशतले बढेको छ । हाइड्रोपावर उपसमूहको समूहगत सूचक ०.४५ प्रतिशतले घटेको छ ।

कर्णाली विकास बैंक, सिन्धु विकास बैंक, कालिका लघुवित्त वित्तीय संस्था, सप्तकोसी विकास बैंक, उपर स्यांगे हाइड्रो पावर, त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र हिमालय रिइन्स्योरेन्स लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ८.१९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro