site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१७६ जना सवार रुसी विमान साइबेरिया धावनमार्गमा चिप्लियो

भ्लादिभोस्टक । रुसको नोर्डस्टार एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७३७–८०० यात्रुवाहक विमान मंगलबार साइबेरियाको नोरिल्स्क विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएको छ ।

तर, सो घटनामा कोही घाइते नभएको र खासै ठूलो क्षति नपुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

संघीय हवाई यातायात एजेन्सीले जनाएअनुसार सो विमान बिहान १०ः०० बजे अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएको थियो ।

उक्त विमानमा चालक दलका आठ सदस्य र १६८ यात्रुसहित १७६ जना सवार थिए । यस विषयमा अनुसन्धान जारी छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro