site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सत्ता गठबन्धनका १९ उमेदवार, चुनाव हारेकादेखि समानुपातिक सूचीमा परेकासम्म 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अन्यथा विद्रोह नभएमा सत्ता गठबन्धनबाटै १९ जना उमेदवारले राष्ट्रियसभा सदस्यको विजयको माला पहिरिनेछन् ।  किनभने सत्ता गठबन्धनसँग विजयका निम्ति भारी मत छ । सत्ता गठबन्धनका दलहरूको मतभारले त्यो देखाउँछ ।

राष्ट्रियसभा सदस्यका निम्ति माघ ११ मा निर्वाचन हुँदैछ, जसका निम्ति आज उमेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनले ०७९ को निर्वाचनमा पराजितदेखि लिएर समानुपातिक बन्दसूचीमा दोहोरिएकालाई उमेदवार बनाएको छ । 

निर्वाचन हारेका व्यक्तिलाई एउटै कार्यकालमा पुनः उमेदवार बनाउनु हुँदैन भनी आलोचना आए । तर, सत्ता गठबन्धनले यी विषय बेवास्ता गर्दै उमेदवार बनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेसका दश उमेदवारका मुहार 

सत्ता गठबन्धनबाट सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले १० सिट पाएको छ ।  कांग्रेसले पुराना र नयाँ अनुहारलाई उमेदवार बनाएको छ ।  कांग्रेसले कोसी प्रदेशको अन्यतर्फ नेता कृष्ण सिटौलालाई उमेदवार बनाएको छ । 

Global Ime bank

सिटौला गत वर्षको मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा पराजित भएका थिए । 

उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पराजित गरेका थिए ।  लिङदेनले ४० हजार ६६२ मत पाउँदा सिटौलाले ३७ हजार ३८६ मत प्राप्त गरेका थिए । उनै सिटौला प्रतिनिधिसभाको अवधि चार वर्ष बाँकी रहँदै राष्ट्रियसभामा जान लागेका हुन् ।

सिटौला २०७४ मा पनि पराजित भएका थिए । उनी लिङ्देनसँग नै पराजित भएका थिए ।  २०४८, ०५१ को निर्वाचनमा पनि पराजित भएका थिए । ०५६ मा निर्वाचित भएका उनी २०६४ मा पराजित भए ।

०७० मा भने निर्वाचित भएका थिए । संविधान मस्यौदा समितिको सभापतिको भूमिका निर्वाह गरेका सिटौला राष्ट्रियसभाको उमेदवार बनेका हुन् । उनी राष्ट्रियसभाको अध्यक्ष बन्ने पक्का जस्तै छ ।  

कांग्रेसले आनन्दप्रसाद ढुंगानालाई मधेस प्रदेशमा अन्यतर्फको उमेदवार बनाएको छ । उनी २०४८ देखि ०५६ सम्म निर्वाचित भएका थिए ।  ०५६ मा कांग्रेसको प्रमुख सचेतक बनेका थिए । ०६४ मा पराजित भएका ढुंगाना कांग्रेसको अनुशासन समितिका संयोजक हुन् । 

उनी २०७० सालको दोस्रो संविधान सभामा समानुपातिकतर्फ सांसद बनेका थिए भने २०७४ मा पराजित भएका थिए । २०७९ मा भएको निर्वाचनमा उनको नाम समानुपातिक सूचीमा थियो ।

तर समानुपातिक बन्दसूचीको नाम फिर्ता लिएर राष्ट्रियसभा उमेदवार बनेका थिए । वाग्मतीको अन्यमा जितजंग बस्नेतले उमेदवारी दिएका छन् । बस्नेत नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री, तरुण दलका अध्यक्ष हुँदै केन्द्रीय सदस्य बनेका हुन् । 

वाग्मती प्रदेशको महिलातर्फ विष्णुदेवी पुडासैनीले उमेदवारी दिएकी छन् ।  उनी ०५९ को काठमाडौं इन्द्रायणी गाविस अध्यक्ष हुन् । महिला संघको काठमाडौंमा लामो समय नेतृत्त्व गरेकी थिइन् । त्यसयता उनी लाभको पदमा पुगेकी छैनन् । 

त्यस्तै, गण्डकीको अन्यतर्फ किरणबाबु श्रेष्ठ उमेदवार बनेका छन् । उनी गण्डकी प्रदेशको महामन्त्री हुन् ।  गण्डकीमा पदमबहादुर परियारले अपांगता–अल्पसंख्यकतर्फ उमेदवार बनेका छन् । उनले तनहुँ दलित संघमा नेतृत्व गरिसकेका छन् । 

विष्णुकुमारी सापकोटा लुम्बिनी प्रदेशमा महिला कोटाबाट उमेदवार बनेकी छन् ।  उनी ०७९ को प्रदेशसभा निर्वाचनको समानुपातिकर्फ बन्दसूचीमा अटाएकी थिइन् ।

बन्दसूचीबाट नाम फिर्ता लिएर उमेदवार बनेकी हुन् । कर्णाली प्रदेशमा अन्यतर्फ कृष्णबहादुर रोकाया उमेदवार बनेका छन् ।  सुदूरपश्चिम प्रदेशको अन्यतर्फ बलदेव बोहोरा उमेदवार बनेका छन् ।  उनी कञ्चनपुरका पूर्वसभापति हुन् । उनी ०७० को संविधानसभा सदस्य बनेका थिए ।

त्यस्तै, अपांगता अल्पसंख्यकक कोटामा नाराणदत्त भट्टले उमेदवारी दिएका छन् । उनी जन्आन्दोलनका घाइते हुन् । उनी कांग्रेसको कैलाली जिल्ला सभापति हुन् । 
 
माओवादीका उमेदवार को कस्ता ? 

गठबन्धबाट ६ सिटमा भागमा परेको माओवादी (केन्द्र)ले जनआन्दोलनका घाइतेदेखि समानुपातिक सूचीमा पटक–पटक परेकाहरूलाई उमेदवार बनाएको छ ।  जसअन्तर्गत कोसी प्रदेशको महिलातर्फ चम्फादेवी कार्की उमेदवार बनेकी छन् ।

ओखलढुंगा जिल्ला इन्चार्ज रहेकी उनी अखिल नेपाल महिला संघको केन्द्रीय सचिव हुन् । उनी तीनपटक समानुपातिक सूचीमा (२०६४, २०७० र २०७९ मा) परेकी थिइन् ।

२०७४ को स्थानीय तहको चुनावमा उनी ओखलढुंगाको सुनकोशी गाउँपालिका अध्यक्षमा पराजित भएकी थिइन् । माओवादीले अपांगता–अल्पसंख्यक कोटामा नुवाकोटका श्रीकृष्ण अधिकारीलाई उमेदवार बनाएको छ । 

उनी हाल माओवादी केन्द्रको प्रदेश सम्पर्क विशेष कमिटीका अध्यक्ष हुन् । उनी जनयुद्धका घाइते हुन् । गण्डकीबाट महिला कोटामा उमेदवार बेनेकी मनरुपा शर्मा सुवेदीले द्वन्द्वकालमा श्रीमान् गुमाइन् । 

उनी २०६४ को संविधानसभा चुनावमा पर्वत– १ मा पराजित भएकी थिइन् ।  २०७९ को मंसिरमा सम्पन्न चुनावको समानुपातिक सूचीमा परेकी थिइन् ।  बन्दसूचीबाट नाम फिर्ता लिएर उमेदवार बनेकी हुन् । 

लुम्बिनी प्रदेशमा अन्यतर्फ माओवादीका झक्कु सुवेदीले उमेदवारी दर्ता गराएका छन् । उनी २०६४ को पहिलो संविधानसभा चुनावमा चर्चा बटुलेका थिए । काठमाडौँ– २ बाट एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई पराजित गरेका थिए । 

र, २०७० को चुनावमा पराजित उनी माओवादीका केन्द्रीय सदस्य हुन् । कर्णालीबाट दलित क्लष्टरमा विष्णु विकले उमेदवारी दर्ता गराएका छन् । उनी माओवादीको कालीकोट जिल्ला इन्चार्ज हुन् । दलित मुक्ति मोर्चाको कर्णाली प्रदेश इन्चार्ज पनि हुन् ।   

रेणु चन्द सुदूरपश्चिमबाट महिला क्लष्टरमा उमेदवार बनेकी छन् । उनी २०६४ सालमा बैतडी–२ बाट संविधानसभा सदस्य निर्वाचित भएकी थिइन् । हाल उनी अखिल नेपाल महिला संघ क्रान्तिकारीको सुदूरपश्चिम इञ्चार्जको भूमिकामा छन् । 

एकीकृत समाजवादीबाट दुई उमेदवार  

नेकपा एकीकृत समाजवादीले गठबन्धबाट दुई सिट पाएको छ ।  जसमा महिला क्लटरमा ०७९ को निर्वाचनमा पराजितलाई उमेदवार बनाएको छ । एकीकृत समाजवादीले कर्णाली प्रदेशको महिलातर्फ उमेदवार दैलेखकी सावित्री मल्ललाई उमेदवार बनाएको छ । 

उनी गएको ०७९ को निर्वाचनमा उपमेयरमा पराजित हुन् । नारायण नगरपालिका दैलेखमा उनी एमालेकी तत्तकुमारी खड्कासँग पराजित भएकी थिइन् । खड्काले ५ हजार ६७३ मत ल्याउँदा सावित्रीले ३ हजार २३८ मत ल्याएकी थिइन् । 

त्यस्तै, एकीकृत समाजवादीले वाग्मतीको दलिततर्फ दोलखाका घनश्याम रिजाललाई उमेदवार बनाएको छ । 

जसपामा पनि हारेकै उमेदवार 

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धनबाट एक सिट पाएको छ ।  उसले १३ महिनाअघि प्रदेशसभा निर्वाचनमा पराजित व्यक्तिलाई राष्ट्रियसभा सदस्यको उमेदवार बनाएको छ । रौतहटकी पूजा चौधरीलाई उमेदवारी दिएकी छन् । 

गत वर्ष मंसिर ४ गते भएको निर्वाचनमा उनी रौतहट क्षेत्र नम्बर–३ ‘क’मा जसपाका तर्फबाट उमेदवार बनेकी थिइन् ।  उनलाई स्वतन्त्र उमेदवार केशव रायले पराजित गरेका थिए । राय १२ हजार ५५५ मतसहित विजयी भएका थिए । चौधरीले १० हजार १३२ मत पाएकी थिइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !