site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एक वर्षमा १६ लाखभन्दा बढी नेपाली विदेशतर्फ : ‘उपचार गराउन’ गए १०,६९५
फाइल तस्बिर ।

काठमाडौं । सन् २०२३ मा १६ लाखभन्दा बढी नेपाली विदेश गएका छन् । यो संख्या काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेश जानेको हो ।

अध्यागमन विभागले सोमबार सार्वजनिक गरेको विवरणानुसार, गत वर्ष अर्थात् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा १६ लाख तीन हजार ८३६ नेपाली विदेश गएका छन् । यो अवधिमा विदेश जाने नेपालीमध्ये ११ लाख ७१ हजार १८६ पुरुष छन् । चार लाख ३२ हजार ५८४ महिला छन् ।

यसमा सबैभन्दा ठूलो संख्या वैदेशिक रोजगारीमा जानेको छ । २०२३ मा आठ लाख आठ हजार ४१५ नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकले देखाउँछ । वैदेशिक रोजगारीमा जानेमध्ये पुरुष सात लाख २३ हजार ७८९ र महिला ८४ हजार ६०४ छन् ।

Dabur Nepal
NIC Asia

वैदेशिक रोजगारपछि दोस्रो ठूलो संख्या भिजिट भिसामा जानेहरूको छ । २०२३ मा दुई लाख चार हजार ५१८ नेपाली भिजिट भिसामा विभिन्न देश गएका विभागले जनाएको छ । भिजिट भिसामा विदेश जाने नेपालीमा एक लाख ३० हजार ९२६ पुरुष र ७३ हजार ५७५ महिला छन् ।

यसमा तेस्रो ठूलो संख्या विदेशमा रहेका आफन्त/परिवार भेट्न जानेहरूको छ । २०२३ मा एक लाख ६७ हजार ४८५ नेपाली आफन्त/परिवार भेट्ने उद्देश्यले विदेश गएका छन् । आफन्त/परिवार भेट्न गएका मध्ये ७० हजार ८०८ पुरुष र ९६ हजार ६७७ महिला छन् ।

गत वर्ष अध्ययन गर्ने उद्देश्यले एक लाख आठ हजार ५४२ नेपाली विदेश गएका छन् । यीमध्ये ५९ हजार ९७८ पुरुष र ४८ हजार ५६२ महिला छन् ।

सोही अवधिमा अस्थायी आवासको उद्देश्यले विदेश जाने नेपालीको संख्या ९२ हजार ३४९ छ । यसरी जानेमा ५१ हजार ८७६ पुरुष र ४० हजार ४६८ महिला छन् ।

वर्ष २०२३ मा स्थायी बसोबासको उद्देश्यले विदेश जाने नेपालीको संख्या ७० हजार ९१५ छ । यीमध्ये ३६ हजार ६६३ पुरुष र ३४ हजार २५१ महिला छन् ।

सभा–सम्मेलन तथा तालिममा सहभागी हुने भन्दै गत वर्ष २४ हजार २६३ नेपाली विदेश गएको विभागले जारी गरेको विवरणमा देखिन्छ । यसरी विदेश जानेमा १७ हजार ३८४ पुरुष र ६ हजार ८७३ महिला छन् ।

डिपेन्डेन्ट भिसामा २०२३ मा २० हजार ६१३ नेपाली विदेश गएका छन् । डिपेन्डेन्ट भिसामा गएका मध्ये आठ हजार ८६ पुरुष र १२ हजार ५२७ महिला छन् ।

विभागले विदेश जाने नेपालीको उद्देश्यलाई १७ समूहमा वर्गीकरण गरेको छ । यीमध्ये आफन्त/परिवार भेट्न र डिपेन्डेन्ट भिसा दुई समूहमा मात्र विदेश गएका नेपालीमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ । बाँकी १५ समूहमा विदेश गएकामा महिलाभन्दा पुरुषको संख्या बढी छ ।

२०२३ मा उपचार गराउने उद्देश्यले १० हजार ६९५ पुरुष र आठ हजार ८०९ महिला गरी १९ हजार ५०९ नेपाली विदेश गएको विभागको  तथ्यांकले देखाउँछ ।

गत वर्ष व्यापारको उद्देश्यले १९ हजार ५०९, संयुक्त राष्ट्रसंघका मिसनमा ६ हजार ५८, खेलकुदका कार्यक्रममा सहभागी हुने उद्देश्यले तीन हजार ६५३ र कन्सर्ट तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुन एक हजार ९६४ नेपाली विदेश गएको विभागको तथ्यांकमा देखिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro