site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिबिफिनको वरिष्ठ उपाध्यक्षमा उपाध्याय र महासचिवमा श्रेष्ठ चयन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को कार्यसमितिमा रिक्त रहेका पदमा पदाधिकारी मनोनयन भएका छन् । 

चौथो वार्षिक साधारणसभाबाट संशोधित र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट स्वीकृत संस्थाको विधानअनुसार कार्यसमितिमा रिक्त भएका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र सहकोषाध्यक्ष पदमा मनोनयन भएका हुन् ।

विधान बमोजिम कार्यसमितिको दुई वर्षे कार्यकाल रहेकोमा एक वर्ष पूरा भइसकेको र एक वर्ष बाँकी रहेको अवस्थामा अधिकांश पदाधिकारीको पद रिक्त भएको र यसबाट संस्थागत कामकारबाहीमा कुनै किसिमको बाधा अड्चन हुन नपाओस् भन्ने विषयलाई गम्भीरताका साथ लिँदै कार्यसमिति बैठकले पदाधिकारी मनोनीत गरेको हो ।

कार्यसमितिको पुस १९ गते सम्पन्न १३औँ बैंठकले वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, उपाध्यक्षमा रिलायन्स फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्ली, महासचिवमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, सचिवमा मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकाल र सहकोषाध्यक्षमा नेपाल फाइनान्सका अध्यक्ष हिरेन्द्रमान प्रधानलाई सर्वसम्मत रूपमा मनोनयन गरेको छ ।

विधान संशोधन पूर्वउपाध्याय उपाध्यक्ष, मल्ली सचिव, श्रेष्ठ सहकोषाध्यक्ष, ढकाल र प्रधान कार्यकारी सदस्य पदको जिम्मेवारीमा थिए । बैठकले मनोनयन गरेसँगै अध्यक्ष पवनकुमार गोल्यानले मनोनीत पदाधिकारीहरूको शपथ ग्रहण गराएका छन् । 

यस्तै, बैठकले सिबिफिनको सल्लाहकारमा निवर्तमान वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह र पूर्वमहासचिव केशवबहादुर रायमाझीलाई चयन गरेको छ ।

संशोधित विधानअनुसार सिबिफिनको १७ सदस्यीय कार्यसमितिमा नेपाल पूर्वाधार विकास बैंक र ‘क’ वर्गको वित्तीय संस्थाहरूको समूहबाट अध्यक्ष, महासचिव र कोषाध्यक्षसहित १० जना, ‘ख’ वर्गको वित्तीय संस्थाहरूको समूहबाट वरिष्ठ उपाध्यक्ष र सचिवसहित चारजना, ग वर्गको वित्तीय संस्थाहरूको समूहबाट उपाध्यक्ष र सह–कोषाध्यक्षसहित तीनजना पदाधिकारी तथा सदस्य रहनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro