site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अब पशुपतिमा हुने आरती र दीप प्रज्ज्वलनको भिडियो खिच्न नपाइने

काठमाडौं । अबदेखि पशुपतिनाथ मन्दिरस्थित आर्यघाट क्षेत्रको वाग्मती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न रोक लगाइएको छ ।

पशुपति क्षेत्र विकास कोषद्वारा स्वीकृति प्राप्त बुढासुब्बा डिजिटल प्रालिले एक सूचनामार्फत आरती र दीप प्रज्वलनको भिडियो खिचेर सामाजिक सञ्जालमा राखे कारबाही हुने जनाएको छ ।

हिन्दुहरूको पवित्र धार्मिकस्थल पशुपतिनाथ क्षेत्रमा हरेक साँझ आरती हुने गर्छ । आरती हेर्न ठूलो संख्यामा मानिसहरूको उपस्थिति हुन्छ ।

आरती र दीप प्रज्वलनको भिडियो खिच्न रोक लगाइएको सूचनापछि सर्वसाधारणले आलोचना गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  २०:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro