site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली नागरिक युद्धमा मारिन थालेपछि रुस र युक्रेनको श्रम स्वीकृतिमा रोक

काठमाडौं । सरकारले रुस र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ ।

रुसी सेनामा भर्ती भएका नेपाली नागरिकले ज्यान गुमाइरहेको कारण देखाएर वैदेशिक रोजगार विभागले दुई देशको श्रम स्वीकृतिमा रोक लगाइएको जनाएको छ । 

वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत वा व्यक्तिगतरूपमा नेपाली नागरिक रुस जाँदा हुन सक्ने थप क्षतिलाई न्यूनीकरण गर्न अर्को व्यवस्था नभएसम्मका लागि रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको विभागले जनाएको छ ।

पछिल्लो समय अवैधरूपमा नेपाली युवाहरू रुसी सेनामा भर्ती भइरहेका छन् । अहिलेसम्म रुसी सेनामा कार्यरत ९ नेपालीको ज्यान गइसकेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह, धादिङका राजकुमार गिरीले ज्यान गुमाएका छन् ।

यसैगरी गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगङ्गा–१ का रूपक कार्की, पोखरा कास्कीका देवान राई, पुतलीबजार–५ स्याङ्जाका पितम कार्की, मेलुङ–६ दोलखाका राजकुमार रोका, इलाम–५ इलामका गंगाराज मोक्तान र कुन्दन सिंह नागलले ज्यान गुमाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro