site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
उद्योगीको चेतावनी– दुई दिनभित्र बिजुली नजोडे उद्योग बन्द गरर आन्दोलन गर्छौं

काठमाडौं । बुटवल–भैरहवा औद्योगिक करिडोरका उद्योगीले डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिरेको भन्दै उद्योगमा काटिएको लाइन दुई दिनभित्र जडान गर्न माग गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले घराना फुड्स र सिद्धार्थ पेटप्लास्ट उद्योगमा गत शुक्रबार राति लाइन काटेको थियो । त्यस क्षेत्रका उद्योगी तथा व्यवसायीले पुस २० गतेसम्म विद्युत् जडान नभए करिडोरका १९ वटै उद्योग बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

Dabur Nepal
NIC Asia

प्राधिकरणको भैरहवा वितरण केन्द्र र नयाँमिल वितरण केन्द्रमा ज्ञापनपत्र बुझाउँदै उद्योगीहरूले आफूहरूले ट्रंक लाइन माग नगरेको, आपूर्ति पनि नभएको र प्रयोग पनि नगरेको हुँदा काटिएको लाइन जडानको माग गरे ।

उद्योगीहरूले आफूहरूले कानूनी उपचार खोजिरहेको र अदालतमा मुद्दा विचाराधीन रहेका बेला प्राधिकिरणले रूपन्देहीका दुई वटा उद्योगको लाइन काट्नु अन्यायपूर्ण व्यवहार भएको भन्दै पुस २० गतेसम्म लाइन जडान गर्न माग गरेका हुन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघको ऐक्यबद्धता रहेको भन्दै संघका अध्यक्ष ठाकुर श्रेष्ठले उद्योगीले डेडिकेटेड र ट्रंक लाइन माग गरेको, विद्युत आपुर्ति गरेको र उद्योगले खपत गरेको लिखित प्रमाण पेस गर्न प्राधिकरणको वितरण केन्द्रसँग आग्रह गरे ।

प्राधिकरणको भैरहवा वितरण केन्द्रले २०७४ चैत १४ मा आफ्नो आन्तरिक लोड भार मिलान गर्ने क्रममा १३ वटा उद्योगहरूको कनेक्सन जडान भएदेखि नै लोडसेडिङ खेप्दै आएको उद्योगीहरूको भनाइ छ ।

ज्ञापनपत्र बुझ्ने क्रममा प्राधिकरणले उद्योगीको माग माथिल्लो निकायमा पठाउने जनाएका छन् ।

प्राधिकरणले यस क्षेत्रका उद्योगले २०७२ भदौदेखि २०७६ मंसिरसम्म ट्रंक लाइनमार्फत बिजुली उपयोग गरेको भन्दै बक्यौता भुक्तानी गर्न भनेको थियो । तर, उद्योगीले प्रयोग नै नगरेको ट्रंक लाइन महसुल तिर्न नसक्ने जनाउँदै आएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  २२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro