site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
संजीत अमेरिकामा सम्मानित

काठमाडौं । उमा कुङफुका अन्तर्राष्ट्रिय निर्णायक एवं भेट्रान खेलाडी संजीतकुमार राई अमेरिकाको टेक्सासमा सम्मानित भएका छन् ।

किराँत राई समाज, अमेरिकाले खेलकुदको माध्यमबाट नेपाल र किराँत राई समुदायको प्रतिष्ठा अभिवृद्धि गरेबापत पारुहाङ साँझ–२ को अवसरमा संजीतलाई सम्मान गरेको हो । 

Dabur Nepal
NIC Asia

संजीतलाई सिटी अफ अर्भिङका डेपुटी मेयर डेनिस वेव, किराँत राई समाज, अमेरिकाका अध्यक्ष खगेन्द्र राई र किराँत राई समाज, अमेरिका (टेक्सास च्याप्टर)का अध्यक्ष दिलीप राईले प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।

राष्ट्रिय उमा कुङ फू प्रतियोगितामा आफ्नो तौल समूहका दुईपटकका राष्ट्रिय च्याम्पियन संजीत स्लोभेनियामा भएको डब्लूएमएसी उमा विश्व च्याम्पियनसिपका स्वर्ण विजेता हुन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् ।

नेपाल उमा कुङ फु संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका संजीत अमेरिकामा हुने ब्याटल अफ द ड्रागन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न र निर्णायकको भूमिका निर्वाह गर्न हाल अमेरिकामा छन् ।

सम्मानित भएपछि संजीतले सम्मानले खेलकुदमा अझ सक्रिय भएर अगाडि बढ्न प्रेरित गरेको बताउँदै सम्मानका लागि किराँत राई समाज, अमेरिकालाई धन्यवाद दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro