site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
परराष्ट्रमन्त्री साउदद्वारा पूर्वपरराष्ट्रमन्त्री र भारतका लागि पूर्वराजदूतसँग छलफल

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले आज पूर्वपरराष्ट्र मन्त्री, पूर्वपरराष्ट्र सचिव र भारतका लागि पूर्वराजदूतहरूसँग छलफल गरेका छन् । 

भारतीय विदेशमन्त्री एस जयशंकरको आगामी नेपाल भ्रमणको तयारीका शिलशिलामा साउदले छलफल गरेका हुन् । छलफलका क्रममा पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्र सचिव र भारतका लागि पूर्वराजदूतहरूबाट नेपाल–भारत सम्बन्धका विभिन्न कार्यसूचीहरूमा सुझाव प्राप्त भएको बताइएको छ । 

Argakhachi Cement Island Ad

उनीहरूले भारतसँगको नेपालको सम्बन्ध महत्त्वपूर्ण रहेकोमा जोड दिँदै सम्बन्धलाई मित्रवत्, सुमधुर र पारस्परिक हितमा आधारित साझेदारीका रूपमा अगाडि बढाउँदै लैजानु पर्ने सुझाव दिए ।

बढ्दो व्यापार घाटाका सम्बन्धमा भारतमा नेपालको निर्यात वृद्धिका उपाय पहिल्याउनुपर्ने, विद्युत् व्यापारलाई विस्तार गर्नु पर्ने, विगतमा थालिएका विकास आयोजनाहरू समयमै सम्पन्न गर्न जोड दिनुपर्ने, हवाई रुटलगायत विषय सम्बोधन गर्नुपर्ने विषयमा पनि उनीहरूले सुझाव दिएका थिए । 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्