site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
रुस–युक्रेन युद्धमा थप तीन नेपालीको मृत्यु, मारिनेको संख्या १० पुग्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । रुस–युक्रेन जारी युद्धमा थप तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुने तीनैजना रुसी सेनामा भर्ना भएका नेपाली हुन् ।

मृत्यु हुने थप तीन नेपालीमा स्याङ्जाका हरि अर्याल, कैलालीका भरत शाह र धादिङका राजकुमार गिरी रहेका रुसको मस्कोस्थित नेपाली दूतावास स्रोतले बताएको छ । रुसी रक्षा मन्त्रालयले अर्याल, शाह र गिरीको मृत्यु भएको जानकारी नेपाली दूतावासलाई दिएको स्रोतले बतायो ।

रुसी सेनामा भर्ती भई रुस–युक्रेन युद्धमा यसअघि सात नेपालीको मृत्यु भइसकेको छ । थप तीनजनाको मृत्य भएसँगै रुस–युक्रेन युद्धमा मारिने नेपालीको संख्या १० पुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसको अलवा रुसी सेनामा भर्ती भएका चार नेपालीलाई युद्धका क्रममा युक्रेनी सेनाले नियन्त्रणमा लिई युद्धबन्दी बनाएको छ ।

मृत्युको सिलसिला 
सो युद्धमा सबैभन्दा पहिला मारिने नेपाली गोरखाका सन्दीप थपलिया हुन् । ०८० असार २९ गते युक्रेनसँगको युद्धका क्रममा उनी मारिएका थिए ।

Global Ime bank

उनी युक्रेनको बाखमुतमा मारिएका थिए । रुसले थपलियाको शव पठाउन मानेन र त्यहीँको चिहानमा समाधिस्थ गरेको थियो ।

यहाँको परराष्ट्र मन्त्रालयले थपलिया मृत्युको खबर साउनमा नै थाहा पाएको थियो, तर थाहा नपाएझैँ गरेको थियो । त्यसपछि मस्कोस्थित नेपाली दूतावासले रुसी सेनामा नेपाली भर्ती भएका सम्बन्धमा बुझ्न सुरु गरेको थियो ।

दूतावासले बुझ्ने क्रममा थपलियाले सेनामा भर्ती हुँदा रुसी रक्षा मन्त्रालयसँग गरेको कागजात भेटिएको थियो । त्यसपछि परराष्ट्र मन्त्रालयले साउन १६ गते विज्ञप्ति जारी गर्दै विदेशी सेनामा नेपाली भर्ती भएको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको थियो । तर, विज्ञप्तिमा न रुसको नाम उल्लेख थियो न युक्रेनको ।

कात्तिक २९ गते मस्कोस्थित नेपाली दूतावासले रुसी सेनामा भर्ती भएका इलामका गंगाराज मोक्तान, कपिलवस्तुका रुपक कार्की र दोलखाका राजकुमार रोकाको मृत्यु भएको भन्दै मंसिर ८ गते परराष्ट्र मन्त्रालयमा पत्र पठायो । त्यसपछि मात्र नेपालले औपचारिक रूपमा रुसी सेनामा नेपाली भर्ती भएको स्वीकार गरेको थियो ।

मंसिर १८ गते परराष्ट्रले रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या ६ पुगेको जनाएको थियो । परराष्ट्रले गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तान मारिएको जनायो ।

विज्ञप्ति जारी गर्नुअघि परराष्ट्रले नेपालका लागि रुसी राजदूत अलेक्सेई नोभिकोभलाई मन्त्रालयमा बोलाई असन्तुष्टि जनाउँदै कूटनीतिक नोट थमाएको थियो । असन्तुष्टि जनाउने क्रममा राजदूतमार्फत परराष्ट्रले रुसलाई नेपालीको शव यथाशीघ्र पठाउन, पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, रुसी सेनामा नेपालीलाई भर्ना नगर्न र भर्ना भएका नेपालीलाई तत्काल नेपाल फर्काउन आग्रह गरेको थियो । तर, रुसले नेपालको अनुरोधलाई टेरेन ।

नेपालको आग्रह कार्यान्वयन गर्न अटेरी गरेको रुसबाट फेरि एक नेपालीको मृत्यु भएको खबर परराष्ट्रले प्राप्त गर्‍यो । कुन्दन सिंह नागलको मृत्यु भएको खबरपछि परराष्ट्रले यही पुस ४ गते पुनः विज्ञप्ति जारी गरेको थियो ।

विज्ञप्तिमा पुरानै विषय दोहोर्‍याइएको थियो, “परम्परागत रूपमा रहेको सम्झौताअन्तर्गत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको यस मन्त्रालयबाट पुनः स्पष्ट गरिन्छ ।”

पुस ४ गतेको विज्ञप्तिमा पनि रुसी सेनामा भर्ना भई मृत्यु भएका नेपाली नागरिकको शव यथाशीघ्र नेपाल पठाउन, घाइतेलगायत पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन पुनः अनुरोध गरिएको थियो ।

पुस ४ गते जारी गरेको विज्ञप्तिमा नै परराष्ट्रले पहिलोपटक युक्रेनले चार नेपालीलाई युद्धबन्दी बनाएको जनाएको थियो । युक्रेनले युद्धबन्दी बनाएका चार नेपालीमा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन छन् ।

सन् २०२४ फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि नेपालीलाई आफ्नो सेनामा भर्ती गर्न सुरु गरेको हो । रुसले नेपाल सरकारलाई कुनै जानकारी नै नदिई नेपालीलाई आफ्नो सेनामा भर्ती गर्न थालेको थियो । यसबारे नेपालले कूटनीतिक नोटमार्फत रुससँग असन्तुष्टि जनाइसकेको छ ।

रुसी सेनामा कति नेपाली भर्ती भएका छन् भन्ने यकिन विवरण नेपाल सरकारसँग छैन । नेपालले मागे पनि रुस सरकारले हालसम्म विवरण उपलब्ध गराएको छैन ।

केही साताअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा २०० भन्दा बढी नेपाली भर्ती भएको औपचारिक जानकारी प्राप्त भएको बताएका थिए ।

मृत्यु भएका मध्ये हालसम्म एकजनाको शव पनि नेपाल ल्याउन सकेको छैन । नेपालले शव पठाउन आग्रह गरे पनि रुसले बेवास्ता गर्दै आएको छ ।

रुस जानेमाथि कडाइ
रुसले अवैध तरिकाले नेपाली युवालाई आफ्नो सेनामा भर्ती गरेपछि नेपालले त्यहाँ जाने नागरिकमाथि कडाइ गर्न थालेको छ । सरकारले यसअघि सरकारी कामकाज, रुसको छात्रवृत्ति र पेसा, व्यवसायमा संलग्न भएकालाई बाहेक सर्वसाधारण नागरिकलाई त्यहाँ जानुपरेमा परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागबाट जारी गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएर मात्र यात्रा गर्नुपर्ने व्यवस्था गरेको थियो ।

सरकारले पछिल्लो समय यो व्यवस्थालाई विस्तार गरेको छ । भारत, बंगलादेश, श्रीलंका, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरेबिया, कुवेत, कतार र बहराइनबाट समेत रुस जानुपरेमा ती देशमा रहेका नेपाली दूतावास एवं महावाणिज्य दूतावासहरूबाट जारी गरिने एनओसी लिएर मात्र यात्रा गर्नुपर्ने व्यवस्था गरेको छ । धेरैजसो नेपाली भिजिट भिसामा ती देश हुँदै रुस गएको भेटिएपछि सरकारले कडाइ गरेको हो ।

यो वर्ष पौने ६०० नेपाली रुस गए 
०८० साल वैशाख १ गतेदेखि मंसिर मसान्तसम्मको आठ महिनामा श्रम स्वीकृति लिएर ५७३ नेपाली रुस गएका छन् । भिजिट भिसा र भारत हुँदै रुस जानेको संख्या अझ बढी हुन सक्ने अनुमान छ ।

वैदेशिक रोजगार विभागको तथ्याकांनुसार वैशाखमा १७, जेठमा १७९, असारमा ३३, साउनमा ५३, भदौमा १६१, असोजमा ४७, कात्तिकमा ४३ र मंसिरमा ४३ नेपाली श्रम स्वीकृति लिई रुस गएका छन् ।

गत आर्थिक वर्ष २०७९÷८० मा ३८६ र २०७८÷७९ मा ८२ नेपालीले रुस जान श्रम स्वीकृति लिएका थिए । अघिल्लो वर्ष श्रम स्वीकृति लिएर जति नेपाली रुस गएका थिए, चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा त्योभन्दा बढी संख्यामा नेपाली त्यहाँ पुगेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC