site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शासकीय स्वरूपमा यी हुन् बाबुरामका तीन प्रस्ताव
फाइल तस्बिर ।

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शासकीय स्वरूप र निर्वाचन प्रणाली फेर्नुपर्ने बताएका छन् ।

मेलमिलाप दिवसका अवसरमा सोमबार नेपाली कांग्रेसले काठमाडौंमा गरेको कार्यक्रममा उनले संविधानले ‘फल’ दिन नसकेको बताए । संविधान सच्याउन राष्ट्रिय सहमति गरेर जानुपर्नेमा उनले जोड दिए ।

सरकार फेरिइरहँदा काम हुन नसकेको र जनतामा आक्रोश बढेको भट्टराईले बताए । “म त ०७२ सालदेखि सत्तामा छैन, साथीहरू त पटक–पटक हुनुहुन्छ । १९ बाट २० भएको छैन,” उनले भने ।

राजनीतिक अस्थिरताको समाधान खोजिनुपर्ने उनले उल्लेख गरे । भट्टराईले शासकीय स्वरूपका सन्दर्भमा तीन प्रस्ताव राखे ।

पहिलो, जर्मनीको मोडलजस्तो प्रमुख दलको संयुक्त सरकार बनाउन उनले प्रस्ताव गरे ।

दोस्रो, स्वीट्जरल्यान्डको जस्तो पूर्ण समानुपातिकमा गएर जसले जति मत ल्याउँछ, सबै सरकारमा बस्नेतर्फ जाने प्रस्ताव गरे ।

दुवै नसके प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने प्रस्ताव उनको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro