site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टाट पल्टिएको साउदी कम्पनीले ५७१ नेपाली कामदारलाई तलब लिन बोलायो
Tiktok banner adTiktok banner ad

काठमाडौं । टाट पल्टिएको साउदी अरबको कम्पनी मोहम्मद अल–मोजिल ग्रुपले ५७१ नेपाली कामदारलाई आफ्नो तलब सुविधा लिन बोलाएको छ । कम्पनी टाट पल्टिएपछि मोहम्मद अल–मोजिल ग्रुपले कामदारलाई सेवा सुविधा नदिई बिदा गरेको थियो ।

अहिले सो ग्रुपले साउदीको रियादस्थित नेपाली दूतावासमार्फत तलब सुविधा लिन नेपाली कामदारलाई बोलाएको हो । मोहम्मद अल–मोजिल ग्रुपले कम्पनीबाट पाउनुपर्ने तलब सुविधा भुक्तानीमा सहजीकरण गरिदिन अनुरोधसहितको पत्र प्राप्त भएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाली दूतावासले सम्बन्धित वेबसाइटमा गई आवश्यक विवरण भर्न तलब सुविधा लिन बाँकी रहेका नेपाली कामदारलाई अनुरोध गरेको छ ।

तलब सुविधा लिन बोलाइएका नेपाली कामदारको नामावली दूतावासले आफ्नो फेसबुक पेजमा प्रकाशित गरेको छ । “संलग्न सूचीमा रहेका व्यक्तिलाई चिन्नुभएको छ वा उहाँहरूसँग सम्पर्क छ भने कृपया यो सूचना समयमै उहाँहरूसम्म पुर्‍याई सहयोग गरिदिनुहुन समेत हार्दिक अनुरोध गरिन्छ,” दूतावासले भनेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro