site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राप्रपाले भन्यो– बेरोजगार युवालाई सरकारले नै गोली हानेर हत्या गर्‍यो
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बालकुमारीमा आज प्रहरीको गोली लागेर दुई युवाको ज्यान गएको घटनालाई दुर्भाग्यपूर्ण भनेको छ ।

"कोरियाली भाषा सम्बन्धी ईपीएस परीक्षामा सहभागिताको विषयलाई लिएर ललितपुरको बालकुमारी क्षेत्रमा आन्दोलनमा उत्रिएका युवाहरू लक्षित सरकारको दमन र गोली प्रहारको घटना दुःखद, आपत्तिजनक र दुर्भाग्यपूर्ण छ," राप्रपाले भनेको छ ।

Argakhachi Cement Island Ad

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जारी गरेको विज्ञप्तिमा स्वदेशमा गरी खान पाउने वातावरण नपाएका बेरोजगार युवालाई सरकारले संयमता गुमाएर गोली प्रहार गरेर हत्या गर्नु गम्भीर चिन्ताको विषय बताइएको छ ।

"ईपीएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा दुई युवाको हत्या गरेर सरकार स्वयंले परिस्थितिलाई उत्तेजित तुल्याएको छ । घटनाको सत्यतथ्य छानबिन गर्न, घाइतेको उपचार गर्न राप्रपा सरकारसँग माग गर्दछ," विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १८:१४
प्रतिक्रिया दिनुहोस्