site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हिमालय एयरलाइन्सले थाल्यो काठमाडौं–ल्हासा–काठमाडौं उडान

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–ल्हासा–काठमाडौं उडान सुरु गरेको छ । बिहीबारदेखि उडान सुरु गरेको हो ।

यससँगै एयरलाइन्सले नेपाल र चीनबीचको कनेक्टिभिटी बढ्ने र द्विपक्षीय सम्बन्ध प्रवर्द्धन गर्न थप मद्दत हुने विश्वास व्यक्त गरेको छ ।

Dabur Nepal
NIC Asia

ल्हासा चीनको तिब्बत स्वायत्त क्षेत्रको राजधानी सहर हो ।

काठमाडौं–ल्हासा–काठमाडौं रुटले यात्रुहरूलाई नेपालको जीवन्त राजधानी सहर काठमाडौं र ऐतिहासिक रूपले समृद्ध एवम् रमणीय सहर ल्हासाका बीचमा सहज यात्राको विकल्प प्रदान गर्ने कम्पनीले जनाएको छ ।

हिमालय एयरलाइन्समा नेपाल र चीनको संयुक्त लगानी रहेको यस रुटमा पहिलो आउटबाउन्ड उडान एच९ ७७४ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ८ बजेर ४० मिनेटमा प्रस्थान गर्ने र दिउँसो १२ बजे ल्हासा गोंगार विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको थियो ।

सन् २०२४ को जनवरी एकदेखि एयरलाइन्स्ले हरेक सोमबार यी दुई सहरबीच उडान सेवा सञ्चालन गर्ने बताएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro