site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विधान संशोधनको प्रश्नावलीमा बोल्न केन्द्रीय सदस्यलाई तीन मिनेटको समय 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले विधान संशोधनका विषयमा धारणा राखेका छन् । 

आज (बुधबार)देखि ललितपुरस्थित कान्तिपुर गार्डेनमा सुरु भएको बैठकमा विधान संशोधनबारे ११ वटा प्रश्नमाथि धारणा राख्न केन्द्रीय सदस्यहरूलाई भनिएको छ । सोहीअनुसार आजको बैठकमा १५ जना सदस्यले धारणा राखेको केन्द्रीय सचिव तथा कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार एकजना केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको छ । 

“विधान संशोधनको प्रश्नावलीमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नुभएको छ । आफ्ना सुझाव दिन एकजना केन्द्रीय सदस्यलाई तीन मिनेटको समय तोकेका छौँ । सकेसम्म सबैलाई बोल्न दिनेछौँ,” श्रेष्ठले बाह्रखरीलाई भने । 

एकीकृत समाजवादी महाधिवेशनको तयारीस्वरुप विधान संशोधनका लागि छलफल चलाएको हो । उसले महाधिवेशनका प्रतिनिधि, चुनिने कमिटीको संरचना, संख्या, उमेरहद लगायतका विषयमा छलफल गरेको हो । अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने श्रेष्ठले जनाए । 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro