site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘टेरामक्स’ खरिदमा भ्रष्टाचार भएको छ, कर्मचारीदेखि नेता सबैलाई समाउनुपर्छ : अमरेश सिंह
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले नेपाल दूरसञ्चार प्राधिकरणले अघि सारेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’ खरिद प्रक्रियामा अपारदर्शी कारोबार भएको बताएका छन् ।

बुधबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सिंहले टेरामक्स खरिदका लागि लेनदेन अपारदर्शी भएको बताएका हुन् ।

Dabur Nepal
NIC Asia

“यहाँ पैसाको लेनदेन पारदर्शी भएन । राष्ट्र बैंकलाई थाहा छैन । पैसा बोरामा बोकेर गएक‍ो कि प्लेनमा ?,” बैठकमा बोल्दै सांसद सिंहले भने,“किनेको छ कि छैन ? किनेक‍ो भए किन जडान भएन ? हामी उद्देश्यहीन बैठक बसेका छौँ ।  चोख्याउन खोजेको हो कि कारबाही गर्न खोजेको हो ?”

उनले लेबनान आफैँ समस्यामा रहेको देश भन्दै हाम्रो देशको समस्या कसरी पार लाउँछ भनेर समेत प्रश्न गरेका छन् ।

टेरामक्समा भ्रष्टाचार भएको भन्दै उनले यसमा संलग्न नेता र कर्मचारी सबैलाई समाउनुपर्ने बताए । 

प्राधिकरणले घट्दो राजस्व र टेलिकम कम्पनीको पारदर्शीता एवं सेवाको गुणस्तर मापनका लागि आवश्यक रहेको भन्दै टेरामक्स जडान गर्ने योजना अघि सारेको थियो । ग्राहकको गोपनीयता र अन्य कारणले यो योजना विवादमा आएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro