site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रिन्सिपलको हत्यामा संलग्न भारतीय नागरिक प्रहरी नियन्त्रणमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णाकारको हत्याका मुख्य सुटर पक्राउ परेका छन् । प्रहरीले गोली हानी नियन्त्रणमा लिएको हो । 

बाराको विश्रामपुर गाउँपालिका ३ बाट गएराति ८ बजे भारतीय नागरिक सुजित सिंहलाई गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । “चार राउन्ड गोली प्रहार गरेकोमा दुईवटा गोली लागेको छ,” बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बाह्रखरीसँग भने, “सुजित घटनाको मुख्य योजनाकार होइनन्, उनी सार्प सुटर ग्याङको नाइके हुन् ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनी अरु थुप्रै घटनामा पनि संलग्न रहेको एसपी काफ्लेले जानकारी दिए । मुख्य योजनाकारको खोजी भइरहको उनको भनाइ छ । 

दुवै खुट्टामा गोली लागेर घाइते भएका सिंहको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ ।

Global Ime bank

गत कात्तिक १३ गते प्रिन्सिपल स्वर्णाकारको गोली हानेर हत्या भएको थियो । हत्यामा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । स्वर्णाकारको हत्यामा आठजनाको संलग्नता रहेको प्रहरीले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ०८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय