site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजास्थित शरणार्थी शिविरमा इजरायली हवाई आक्रमण, ७० जनाको मृत्यु

गाजा । गाजा पट्टीको अल–मगाजी शरणार्थी शिविरमा आइतबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी सरकारी टेलिभिजनले जनाएको छ ।

गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–केद्राले एक विज्ञप्तिमार्फत् भीडभाड भएको आवासीय क्षेत्रमा हवाई आक्रमण हुँदा ७० जनाको मृत्यु भएको र यो संख्या थप बढ्न सक्ने बताएका छन् । उनका अनुसार इजरायली सेनाले क्याम्पको मध्य क्षेत्रका मुख्य सडकहरूमा बमबारी गरिरहेको छ ।  जसले एम्बुलेन्स र नागरिक सवारीहरूलाई लक्षित स्थानहरूमा पुग्न बाधा पुगेको छ ।  

मृत्यु हुनेमध्ये अधिकांश महिला तथा बालबालिका रहेका तथा स्थानीय अस्पतालहरूमा थप घाइतेलाई भर्ना गर्न गाह्रो  भएको स्थानीय अधिकारीले बताएका छन् । 

स्रोतका अनुसार अल–मगाजी शरणार्थी शिविर बाहेक, इजरायली सेनाले मध्य गाजाको अल–बुरेज शरणार्थी शिविर र दक्षिणी सहर खान युनिसमा पनि आक्रमण गरेको छ ।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका अनुसार एजरायली सैनिकद्वारा गरिएको तीव्र हवाई हमलाले अल–बुरेज, अल–मगाजी र अल–नुसेरातको शिविरको मुख्य सडकहरू बन्द गरेको छ । यहाँ एम्बुलेन्स तथा उद्धार टोलीहरूको काममा समेत बाधा पुगेको छ ।

इजरायली सेनाले पहिले गाजाका प्यालेस्टिनीहरूलाई खाली गर्न भनेको ठाउँहरूमध्ये अल–मगाजी पनि एक थियो । 

प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार, गत महिना इजरायलले अल–मगाजीमा बमबारी गरेको थियो । बमबारीमा ५१ जना प्यालेस्टिनीहरूको मृत्यु भएको थियो । मृत्यु हुनेमा  अधिकांश महिला तथा बालबालिकाहरू थिए । 

गाजाको स्वास्थ्य मन्त्रालयले  आइतबार देखाएका तथ्यांकअनुसार, इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या बीस हजार ४२४ पुगेको छ । अक्टोबर ७ मा द्वन्द्व सुरु भएदेखि यस क्षेत्रमा ५४ हजार ३६ जना घाइते भएका छन् । 

यसैबीच, गत साताको अन्त्यमा गाजामा कुल १५ इजरायली सैनिकको मृत्यु भएको पुष्टि भएको छ ।  इजरायली सेनाले गाजामा आफ्नो भूमिगत आक्रमणको क्रममा मारिएका इजरायली सैनिकको कुल संख्या १५४ पुगेको बताएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro