site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
युनाइटेडको २५ प्रतिशत सेयर किन्न ब्रिटिस अर्बपति र्याटक्लिफ सहमत 

काठमाडौं । ब्रिटिस अर्बपति सर जिम र्याटक्लिफ करिब १.३ बिलियन डलरमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको २५ प्रतिशत सेयर किन्न सहमत भएका छन् । 

र्याटक्लिफको इनेओस ग्रुपले युनाइटेडको फुटबल सञ्चालनको नियन्त्रण समेत राख्ने भएको हो । ७१ वर्षीय र्याटक्लिफले भविष्यमा युनाइटेडको मैदान ओल्ड ट्राफोर्डलाई समेत ३०० मिलियन डलर दिने सहमति बनेको छ । युनाइटेका मालिक ग्लाजर परिवारले पछिल्लो केही समययता ‘रणनीतिक विकल्पको खोजी’ गर्न सुरु गरे पनि १३ महिनापछि र्याटक्लिफसँग सहमति बनेको हो । 

Dabur Nepal
NIC Asia

अमेरिकी परिवार ग्लाजरले सन् २००५ मा युनाइटेडको स्वामित्व खरिद गरेका थिए । त्यसबेला ग्लाजर परिवारले युनाइटेडको स्वामित्व ७९० मिलियन पाउन्डमा किनेको थियो । यसअघि युनाइटेडको शतप्रतिशत सेयर किन्न कतारी बैंकर सेख जासिम बिन हमाद अल थानीले प्रस्ताव गरे पनि अक्टोबरमा उक्त प्रस्ताव फिर्ता लिएका थिए । 

सन् २०१३ मा प्रिमियर लिगको उपाधि जितेयता युनाइटेड इंग्लिस लिगमा संघर्षरत छ । क्लबले स्वभाविक लय गुमाउँदा ग्लाजर परिवारले नियमितजसो समर्थकबाट चर्को आलोचना र आन्दोलनको सामना गरिरहेका छन् । 

म्यानचेस्टरमा जन्मिएका र्याटक्लिफले आफू क्लबको ‘जीवनभरकै समर्थक’ रहेको बताए । र्याटक्लिफले गत वर्ष चेल्सीको स्वामित्व खरिद गर्न खोजे पनि असफल भएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro