site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गुण्डागर्दी र चेलीबेटी बेचविखन मुद्दा खेपेका रोज राणा बने लुम्बिनी प्रदेशको मन्त्री 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विवादित पृष्ठभूमि भएका नेपाली कांग्रेसका प्रदेश सांसद सरोज थापा उर्फ रोज राणा मन्त्री बनेका छन् ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गर्दै राणा र माओवादी केन्द्रकी कृष्णा केसीलाई मन्त्री बनाएका हुन् ।

राणालाई उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय वा वन तथा वातावरण मन्त्रालयमध्ये एक र केसीलाई खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने छन् ।

प्युठानबाट प्रदेश सभा ‘ख’ बाट बिजयी राणाको पृष्ठभूमि भने सम्झन लायक छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

राजनीतिमा आउनुअघि उनीमाथि चेलीबेटी बेचविखन तथा गुण्डागर्दी जस्ता मुद्दा खेप्नुपरेको थियो । त्यही आरोपमा उनी पटक–पटक पक्राउसमेत परेका थिए । काठमाडौं प्रहरीको रेकर्ड अनुसार, उनीमाथि १२ वैशाख २०६७ सालमा सरिता सिवाकोटीले मानव बेचबिखन मुद्दामा प्रहरीमा जाहेरी दिएकी थिइन् ।

त्यही जाहेरीका आधारमा प्रहरीले १३ वैशाखमा उनलाई पक्राउ ग¥यो । उनी प्रहरी थुनामै रहेका बेला राणामाथि फेरि प्रहरी वृत्त महाराजगञ्जमा त्यही प्रकृतिको अर्का जाहेरी परेको प्रहरी रेकर्डले देखाउँछ ।

Global Ime bank

उनीविरुद्ध शुष्मा श्रेष्ठ, सामना लामा र निकिता लामाले जाहेरी दिएका थिए । बागबजार, कालीमाटी, ठमेल क्षेत्रमा ‘शो गल्र्स’ डान्सबार सञ्चालन गरेका उनीमाथि युवतीलाई नग्न डान्स गर्न लगाउने गरेको अरोप लागेको थियो ।

त्यही आरोपमा प्रहरीले उनीमाथि चेलीबेटी बेचबिखन मुद्दा चलाउनुपरेको जानकारी अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए । उक्त मुद्दामा उनी करिब ६ महिना जेल समेत बसेका ती अधिकारीले बताए ।

२०५९ असोज १६ गते प्युठान जिल्लामा सार्वजनिक अपराध मुद्दामा उजुरी परेको थियो । कैलाश बस्नेतले उनीविरुद्ध उजुरी दिएका थिए । पछि मानव बेचबिखन मुद्दामा भने उनले सफाई पाए । त्यसपछि पनि उनीमाथि गुण्डागर्दीको दुनियाँमा चर्चामा रहेका धादिङका दिनेश अधिकारी चरीसँग निकट रहेर काम गरेको आरोप लागेको थियो ।

चलचित्र निर्माताका नाममा गुण्डागर्दी गर्ने गरेको आरोप उनीमाथि थियो । २०७१ साउनमा प्रहरीको इन्कान्टरमा चरी मारिएपछि भने प्रहरीबाट जोगिन राजनीतिको फेरो समात्दै कांग्रेस तरुण दलमा सक्रिय रहेको प्रहरीको दाबी छ ।

रोज पहिला प्रहरीकै इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ उर्फ घैंटेको समूहमा र पछि चरीको समूहमा लागेको त्यो बेला गुण्डागर्दीको अनुसन्धान गर्ने एक प्रहरी अधिकारीको दाबी छ ।

सोही समूहमा विवाद बढ्दै गएपछि चरी समूहकै दुई सदस्यले भदौ २०७३ मा बानेश्वरमा उनीमाथि खुकुरी प्रहार भएको थियो । उक्त आरोपमा प्रहरीको तत्कालीन अपराध महाशाखाको टोलीले भक्तपुरका मोटे भन्ने विवेचन प्रजापति र धादिङका कटुन्जे भन्ने सूर्य लामालाई पक्राउ गरेको थियो । 

प्रहरीको अनुसन्धानले प्रजापति र लामाले चरीसँगको विवादका कारण पिछा गर्दै मध्यबानेश्वरमा खुकुरी प्रहार गरेको खुलेको थियो  । उनीमाथि आक्रमण गर्न चरी समूकै अर्को सदस्य जोधा भन्ने रत्नबहादुर लामाले योजना बनाएको खुलेको थियो । 

चलचित्र निर्माण, डान्सबार र रेस्टुरेन्टदेखि अन्य व्यवसायमासमेत रोजले चरीकै पैसा चलाउने गरेको प्रहरीको दाबी छ । पछि प्रहरीबाट बच्न उनी प्युठान कांग्रेसबाट तरुण दलको क्षेत्रीय सभापति बने ।  चलचित्र निर्मता भएर उनले दोस्ती, खलनायक जस्ता आधा दर्जन चलचित्र बनाएका छन् ।

यसअघि आपराधिक पृष्ठभूमिकै राजीव गुरुङ उर्फ दीपक मनाङे समेत गण्डकी प्रदेशका मन्त्री बनिसकेका छन् । २०७४ मा एमालेको समर्थनमा दीपक मनाङे मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित भएर मन्त्री बनेका थिए । मनाङे हाल पनि गण्डकी प्रदेश सभा सांसद छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement