site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दराजको ‘विक्रेता सम्मेलन’ सम्पन्न
Tiktok banner adTiktok banner ad

काठमाडौं । अनलाइन किनमेल सेवा दिने कम्पनी दराजले गएको बुधबार ‘विक्रेता सम्मेलन’ मनाएको छ । ललितपुरको हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा पदाधिकारी र विक्रेताको सहभागितामा दराजले विक्रेता सम्मेलनको आयोजना गरेको हो ।

सम्मेलनमा दराजका प्रबन्ध निर्देशक आँचल कुँवरले कम्पनीसँग आबद्ध विक्रेतालाई उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले विक्रेता दराजका मेरुदण्ड भएको उल्लेख गरिन् । दराज अहिलेको अवस्थामा पुग्नुमा विक्रेताको ठूलो हात भएको उनले बताइन् ।

सम्मेलनमा विभिन्न श्रव्यदृश्य सामग्री प्रस्तुत गरेर विक्रेतालाई बिक्री र व्यवस्थापनका बारेमा जानकारी प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा १४ उत्कृष्ट विक्रेतालाई विशेष विधाका ट्रफी र १० हजार रुपैयाँबराबरको दराज भाउचर एवं आकर्षक उपहार प्रदान गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro