site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कथा साहित्यको व्यावहारिक र लोकप्रिय विधा : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले १२खरी कथा लेखन प्रतियोगिता नेपाली साहित्यको क्षेत्रमा ‘सेलिब्रेसन’ भएको बताएका छन् । नेपाली समाजको व्यथा, वेदना र विद्रोह बोल्ने कथा लेखन प्रतियोगिता आफैँमा सेलिब्रेसन गर्न लायक भएको उनको भनाइ छ । 

पाँचौं ‘डिश होम १२खरी कथा लेखन प्रतियोगिता–२०८०’ विजेताको घोषणा, पुरस्कार वितरण र कथासंग्रह विमोचन समारोहमा प्रमुख अतिथिका रूपमा उनले कथा साहित्यको व्यावहारिक र लोकप्रिय विधा भएको बताए ।

“कथा व्यावहारिक विधा हो । छोटो समयमा सानो आँखीझ्यालबाट ठूलो समाज र यथार्थ हेर्न सकिने यो विधालाई बाह्रखरी मिडियाले संरक्षण र सम्वर्द्धन गर्दै आएको छ, यो सराहनीय पक्ष हो,” पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, “नेपाली साहित्यको विश्वमा स्थान कहाँ छ भन्ने कुरा आउँछ । यो संग्रहलाई विश्वका विभिन्न भाषामा अनुवाद गरेर नेपाली साहित्यको बजारीकरण गर्न सकिन्छ ।”

गैरआख्यान पेट पाल्ने माध्यम मात्र भएको भन्दै उनले समाज बुझ्ने र चेतना जगाउने आख्यान विधालाई सशक्त बनाएर लैजानुपर्नेमा जोड दिए । कथाको बजारीकरण नभएको भन्दै उनले अगाडि थपे, “बजारीकरण भएको छ भने पनि कसको भएको छ थाहा छैन । साहित्यकार गरिब छन् । गरिबीमा नै रहेर उहाँहरूले आफ्नो सिर्जनशीलतालाई निरन्तरता दिइरहनुभएको छ । म उहाँहरूलाई सम्मान गर्छु । र, निरन्तरता दिन आग्रह गर्छु ।” 

साहित्य कठिन अवस्थाबाट गुज्रिरहेको भन्दै उनले जर्जर राजनीति वैभव रहेको टिप्पणी गरे । जर्जर राजनीतिका कारण विदेश पलायन हुनुपर्ने बाध्यता रहेको उनले उल्लेख गरे । उनले जर्जर राजनीतिलाई  खबरदारी गर्नु आजको साहित्यको आवश्यकता रहेको औँल्याए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro