site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पाँच महिनामा व्यापार घाटा पाँच खर्ब ७९ अर्ब, निर्यात ६ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो पाँच महिनामा नेपालको वैदेशिक व्यापार घाटा पाँच खर्ब ७९ अर्ब नाघेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/०८० को पहिलो पाँच महिनामा नेपालको व्यापार घाटा पाँच खर्ब ९७ अर्ब ४४ करोड रुपैयाँ थियो ।

Dabur Nepal
NIC Asia

यो अवधिमा नेपालले ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ ।

गत वर्षको तुलनामा यस वर्ष आयात ३.३९ प्रतिशतले घट्दा व्यापार घाटा पनि केही कम देखिएको छ ।

यस वर्ष नेपालले पहिलो पाँच महिनामा ६३ अर्ब २० करोड रुपैयाँको निर्यात गरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा गरेको निर्यात ६७ अर्ब ३० करोड रुपैयाँभन्दा बढी थियो । निर्यातमा यस वर्ष ६.०९ प्रतिशतको गिरावट देखिएको छ ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको विवरणानुसार यो अवधिमा नेपालको कुल वैदेशिक व्यापार सात खर्ब पाँच अर्ब रुपैयाँ नाघेको छ ।

गत वर्षको यसै अवधिमा नेपालको वैदेशिक व्यापार सात खर्ब ३२ अर्ब रुपैयाँ भन्दा बढीको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro