अर्थ व्यवसाय
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले अर्थतन्त्रको आकारअनुसार नेपालको अहिलेको विकास मोडल प्रभावकारी नभएको बताएका छन् । शुक्रबार एक्सन एडले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
हाल राजस्वको आकार बढेको भए पनि समयानुसारका नीति निर्माण हुन नसकेको उनले उल्लेख गरे । अहिलेको ‘कुशासन’ले कहीँ पुग्न नसकिने उनको भनाइ छ ।
वैदेशिक सहायताले पूर्वाधार क्षेत्रमा ठूलो परिवर्तन भएको भन्दै उनले त्यसले देशलाई बिगारेको भन्न नहुनेमा जोड दिए ।
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८० १२:१२
प्रतिक्रिया दिनुहोस्