देश
काठमाडौं । चितवनको राप्ती नगरपालिका–१२ स्थित खोल्सोमा एक मानव कंकाल फेला परेको छ । जंगलमा घाँस काट्न जाँदा स्थानीयवासीले बिहीबार मानव कंकाल र कपडा भेटेका थिए ।
कपडाका आधारमा उक्त कंकाल स्थानीय ८३ वर्षीय जंगे तामाङको भएको भनी आफन्तले सनाखत गरेको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।
गएको वैशाख २६ गतेदेखि उनी बेपत्ता थिए । मुचुल्कापश्चात् ‘पोस्टमार्टम’का निम्ति कंकाललाई भरतपुर सरकारी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८० ०९:५०
प्रतिक्रिया दिनुहोस्