site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बुटवलमा दक्षिण एसियाली स्केटबोर्ड सुरु

काठमाडौं । रूपन्देहीको तिलोत्तमामा पाँचौँ दक्षिण एसियाली स्तरीय स्केटबोर्ड प्रतियोगिता तथा स्केट जात्रा बिहीबारदेखि सुरु भएको छ । नेपाल स्केटबोर्ड तथा स्केट बोर्डिङ संघ र स्केट एड नेपालको संयुक्त आयोजित प्रतियोगिताको लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा (खेन्पो छिमे)ले उद्घाटन गरे ।

प्रतियोगिताको शुभारम्भ गर्दै उपाध्यक्ष लामाले खेलकुदले युवाको दैनिक जीवनमा धेरै सकारामत्क भूमिका खेल्ने बताए । उनले विदेशमा लोकप्रिय रहेको स्केट खेल नेपालमा पनि सुरुआत भएकोमा खुसी व्यक्त गर्दै साहसिक खेलमा सहभागी खेलाडीहरूलाई प्रोत्साहन गरे ।

उनले बालबालिका र किशोरकिशोरी खेलकुदमा सहभागी हुँदा  शारीरिक र मानसिक विकासमा थप सहयोग पुग्ने हुँदा यस्ता खेलकुद कार्यक्रमहरू आयोजना गर्नुपर्ने धारणा राखे । उपाध्यक्ष लामाले खेलाडीहरूलाई लुम्बिनी दर्शनको निम्ति आग्रह समेत गरेका छन् । कार्यक्रममा उपाध्यक्ष लामाले स्केट खेलाडीहरूको रोचक फोटो प्रदर्शनीको अवलोकन समेत गरे ।

त्यस्तै, कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव जयप्रकाश भट्टराईले स्केट खेलको विकासका लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताए । उनले खेलकुदको दायरा फराकिलो भएको बताउँदै खेलकुद स्वास्थ्य, व्यवसाय र पर्यटन पनि रहेको बताए ।

त्यसैगरी कार्यक्रममा तिलोत्तमा नगरपालिका सदस्य सुरेन्द्र श्रीले विकास निर्माणसँगै खेलकुदको माध्यमबाट पहिचान बनाउने गरी लागि परेको बताए । उनले आफुहरूले स्केट खेलको विकासका लागि स्केट एड नेपालसँग सहकार्य गरेर स्केटपार्क निर्माण गरेको बताउँदै आगामी दिनमा थप सहकार्य हुने बताए ।

कार्यक्रममा नेपाल स्केटबोर्ड तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनालले प्रतियोगिताले स्केट खेलमा नयाँ आयाम थप्ने बताए । उनले स्केट खेलको विकास नेपालमा पनि सुरुआत भएको बताउँदै आगामी दिनमा सात वटै प्रदेशमा पुर्‍याइने बताए ।

प्रतियोगितामा दक्षिण एसियाका नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र माल्दिभ्स तथा आमन्त्रित राष्ट्रमा म्यान्मार र थाइल्यान्ड बाट नौ टोलीको सहभागिता रहेको स्क्ेट एड नेपालका अध्यक्ष जागृत पहाडीले बताए । तीनदिने प्रतियोगिताको पहिलो दिन छनोट चरणका खेल सञ्चालन भए । छनोट चरणबाट प्रत्येक राष्ट्रको १६ खेलाडी सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलबाट प्रत्येक राष्ट्रको आठ खेलाडी उपाधी होडमा प्रवेश गर्नेछन् ।

पुरुष/महिलामा गेम्स अफ स्केटबोर्ड र वेस्ट रन स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दुवैको स्पर्धा प्रदर्शनका आधारमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीको टुंगो लगाइने छ । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः एक हजार अमेरिकी डलर, ५०० अमेरिकी डलर र २५० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता रुपन्देहीको तिलोत्तमा–४ स्थित स्केट पार्कमा भइरहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  २३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro