site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बढेको बजारमा ६८ कम्पनीको सेयर मूल्य ३०० भन्दा कम (सूचीसहित)

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक पछिल्ला दिनमा उच्च अंकले बढ्दै गएको छ । दैनिक कारोबार रकम पनि बढ्दै गएको छ । बुधबार त ७ अर्ब रुपैयाँको सेयर कारोबार भयो । यो एक वर्ष यताकै उच्च मूल्यको सेयर कारोबार हो ।

सेयर बजार उकालो लागे पनि ६८ कम्पनीको सेयर मूल्य ३०० रुपैयाँभन्दा कम छ । ५२ हप्ताको न्यून मूल्यको तुलनामा सेयर मूल्य केही बढेको भए पनि पछिल्लो ५२ हप्ताको उच्च मूल्यभन्दा कम नै छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार (पुस ४ गते) कारोबार भएका कम्पनीहरूमध्ये ६८ कम्पनीको सेयर मूल्य ३०० रुपैयाँभन्दा कम छ । विकास बैंक र बैंकहरू नै छन् ।

वाणिज्य बैंकहरूमा पनि सबैभन्दा सस्तो सेयर मूल्य कुमारी, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, सिटिजन्स, ग्लोबल आइएमई, लक्ष्मी सनराइज बैंकको छ ।

कुमारी बैंकको सेयर मूल्य १६९ रुपैयाँ छ । यो बैंकको सेयर मूल्य वाणिज्य बैंकहरूकै सस्तो हो । यो बैंकको सेयर मूल्य पछिल्लो ५२ हप्तामा सबैभन्दा उच्च २११ रुपैयाँ ६० पैसासम्म पुगेको छ ।

३०० भन्दा कम सेयर मूल्य हुनेमा अधिकांश हाइड्रोपावर कम्पनी छन् । हाइड्रोमा पनि हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर मूल्य १५६ रुपैयाँ छ । यो कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य २६४ रुपैयाँ थियो । त्यस्त्ै अरूण काबेली, लिबर्टी इनर्जी, अपि पावर घलेम्दी, सिवश्री हाइड्रोको सेयर मूल्य २०० भन्दा तल छ ।

सूची हेर्नोस्– 

Low-Price-pus-1703135089.jpg

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १०:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro